arrow

सम्झनामा यम बुद्ध, गगनसँग यस्तो थियो प्रेम

logo
प्रकाशित २०७३ माघ २ आइतबार
gagan-g-new.jpeg

काठमाडौं । यम बुद्ध नामले चर्चित नेपालका र्‍यापर अनिल अधिकारीको मृत्युको खबरले अहिले सामाजिक संजाल उनको फोटो र श्रद्धान्जलिले भरिएको छ । सामाजिक संजाल ट्वीटरमा यम बुद्ध नामको ट्रेण्ड पहिलो नम्बरमा छ ।

यस्तै, स्वास्थ्यमन्त्री गगन थापाले समेत सामाजिक संजाल फेसबुकमार्फत श्रद्धान्जली दिएका छन् । मन्त्री थापाले आफ्नै डिल्लीबजारस्थित कार्यालयमा भेट हुँदा पृष्ठभूमिमा बुद्धकै चित्र रहेको तस्वीर खिचेका थिए । संयोग अनिलले ह्यमन ट्राफिकिङबारे थापासँग अन्तर्वार्ता लिन आउँदा तस्वीर कैद भएको थियो । कुराकानीका क्रममा प्रभावित भइ अनिलको गगन थापासँग सामिप्यता बढेको थियो ।

त्यही प्रेमले पछि थापासँग चुनावी कार्यक्रममा समेत राम्रै निकटता रहेको बताइन्छ । मन्त्री थापाले त्यही समिपबाटै अनिललाई सम्झिएका छन् । अनिल शनिबार बिहान घरको बाथरुममा घाँटीमा बेल्टले पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको पारिवारिक श्रोतले उल्लेख गरेको छ ।
लन्डन साउथ हयारो नजिक फिल्ड इन्ड रोड, रइसलिपमा ससुराली घरमा बस्दै आएका ३० वर्षीय यम शुक्रबार रोयल मेल (हुलाक सेवा कम्पनी) को काम सकेर घर फर्किएका बताइएको छ ।

अनिल आत्महत्याको दुई दिन अघिसम्म यम ५ वटा गीतहरुको संग्रह निकाल्न रेकर्डिङ मा व्यस्त रहेका बताइँदै छ । उनी नयाँ एल्बम ‘खतरा’ छिट्टै बजारमा ल्याउने तयारीमा थिए । उनको मेरो जुत्तामा, साथी, आउँदैछु म, फुटपाथ मेरो घर, यो प्रसंग, दिदी, अन्त्यको सुरुवात, नाचन, आमा लगायत कयौं गीत लोकप्रिय छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ