arrow

जन्ती बोकेको भ्यान दुर्घटनामा तीन जनाको मृत्यु, चार घाइते, दुई गम्भीर

logo
प्रकाशित २०७३ माघ ३ सोमबार
accident-final.jpeg
धनकुटा । फाक्सिव गाविस– ८ मा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । विवाहको जन्ती लिएर फाक्सिव गाविसबाट भेडेटारतर्फ आउँदै गरेको को १ च ८१८ नंको भ्यान सडकमा पल्टँदा भेडेटार गाविसका सुनील मगर, विक्रम मगर र मिलन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुदीपराज राजभण्डारीले जानकारी दिए ।
 
तीनैजनाको घटनास्थलमै मृत्यु भएको हो । 
 
दुर्घटनामा परी चार जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको स्थिति गम्भीर छ । घाइतेलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ