arrow

इङलिश प्रिमियर लिगः म्यानचेष्टर सिटीको लज्जास्पद हार

म्यानचेष्टर युनाइटेड र लिभरपुल बराबरीमै

logo
प्रकाशित २०७३ माघ ३ सोमबार
man-city.jpeg
ओल्ड ट्राफोर्ड । इङलिश प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले लज्जास्पद हार बेहोरेको छ । विरलै बेहोरेको यस्तो हार म्यानचेष्टर सिटीले एभर्टनसंग भोगेको हो । एभर्टनकै मैदानमा भएको खेलमा म्यानचेष्टर सिटी ४–० ले पराजित भयो । 
 
एभर्टनलाई जिताउन रोमेलु लुकाकु, केभिन मिरालास, टम डेभिस र एडमोला लुकमनले एक एक गोल गरे । 
 
म्यानचेष्टर सिटीको यो हारपछि म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले लिग उपाधिमाथि आत्मसमर्पण गरेको विश्लेषण गर्न थालिएको छ । 
 
त्यस्तै लिगको अर्को खेलमा म्यानचेष्टर युनाइटेड र लिभरपुलले १–१ गोलको बराबरी खेलेका छन् । 
 
युनाइटेडको मैदानमा भएको खेलमा २७ औं मिनेटमै पेनाल्टीमार्फत जेम्स मिल्नरले लिभरपुललाई गोल दिलाए । 
 
८४ औं मिनेटमा बल्ल युनाइटेडका ज्लाटान इब्राहिमोभिचले गोल गर्दै बराबरीमा ल्याए । 
 
यो खेलसंगै उपाधिका लागि चेल्सीको बाटो थप मजबुद बन्दै गएको छ । २१ औं चरणको समाप्तिसम्म चेल्सीको ५२ अंक छ । दोस्रो स्थानको टोटनह्यामको ४५ तथा तेस्रो स्थानको लिभरपुलको पनि ४५ अंक नै छ ।
 
४४ अंकको आर्सनल चौथो स्थानमा छ । ४२ अंकको म्यानचेष्टर सिटी पाँचौं स्थानमै थन्किँदा ४० अंकबाट म्यानचेष्टर युनाइटेड छैटौं स्थानमा छ । 
 
Guardiola's side now trail leaders Chelsea by 10 points in the Premier League title race
Tom Davies got on the scoresheet as Ronald Koeman's side dominated large spells in the gameThe teenager wheels away in celebration after scoring Everton's third on Sunday afternoon
Sunday's thrashing on Merseyside was Guardiola's worst domestic result as a manager
Zlatan Ibrahimovic headed in with almost five minutes remaining to pull Manchester United level in dramatic fashionOld Trafford breathed a collective sigh of relief as their new hero wheeled away in celebration with his teammates 
Milner struck the penalty to David de Gea's side but the Spanish goalkeeper failed to reach the powerful spot kick 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ