arrow

महिला सैनिकलाई अग्रपङ्ति लडाकूको जिम्मेवारी दिने : प्रधानमन्त्री क्यामरुन

logo
प्रकाशित २०७२ पुष ६ सोमबार
David_Cameron_3525137b.jpg.jpeg
लण्डन (बेलायत) । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले महिला सैनिकलाई आगामी सन् २०१६ को अन्त्यपूर्व नै अग्रपङ्तिको लडाकूको जिम्मेवारी दिने चाहना व्यक्त गर्नुभएको छ । क्यामरुनले आइतबार एक कार्यक्रमका बीच “आफू र बेलायती रक्षामन्त्री माइकल फालन महिला सैनिकलाई सेनाका सम्पूर्ण जिम्मेवारी अर्को वर्षको अन्त्यभित्र सम्हाल्ने गरी खुला गरिदिन चाहेको बताउनुभयो ।” 
 
बेलायती महिला हवाई, नौसेना तथा पनडुब्बीजस्ता सबै जिम्मेवारी बहन गर्न सक्छन् भन्दै थल सेनाका रुपमा उनीहरु विभिन्न जिम्मेवारी सम्हाल्दै आइरहेको उहाँको भनाई थियो । सन् २०१५ मा महिलाको शारीरिक अवस्थाका बाबजुद लामो तथा सहासिक युद्धमा जिम्मेवारी सम्हाल्न सक्ने भन्दै उनीहरुलाई लडाकूको अग्रपङ्तिमा ल्याइनुपर्ने मागलाई यहाँको सरकारले अनुमोदन गरेको थियो । 
 
यसबारे गरिएको समीक्षा सन् २०१६ को मध्यसम्ममा सार्वजनिक गरिने छ । अमेरिका, क्यानाडा, अस्ट्रेलिया र इजरायलले यस अघि नै महिलालाई लडाकूको सबै जिम्मेवारी दिन सुरु गरिसकेका छन् । रासस÷एपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ