arrow

भूकम्प पीडित अझै घर न घाटकाः आवास निर्माणका लागि प्रशिक्षण

logo
प्रकाशित २०७३ माघ ३ सोमबार
rasuwa.jpeg
रसुवा । भूकम्पले क्षति पु-याएका भग्नावशेष र अबका दिनमा भूकम्प प्रतिरोधी आवास निर्माणमा पु-याउनुपर्ने सावधानीका बारेमा यहाँका समुदायलाई प्रशिक्षण दिइएको छ । 
 
प्रजिअ चोमेन्द्र न्यौपानेका अनुसार राष्ट्रिय भूकम्प दिवसका अवसर पारी सहरी विकास डिभिजन कार्यालय र यहाँ कार्यरत गैरसरकारी संस्थाको सहयोगमा तयार पारिएको यथार्थ तस्बिर र सरकारको मापदण्डअनुरुप अब नयाँ बन्ने आवासका संरचना तथा अपनाउनुपर्ने सावधानी प्रति सचेत र जागरण ल्याउन सार्वजनिक सडकमा प्राविधिक सुझाव प्रदान गरिएको, नयाँ संरचनाअन्तर्गत जगदेखि छानासम्म देखाइएका तस्बिर र प्रविधिको परिभाषाले थप जागरण आएको नागरिक समाजले प्रतिक्रिया दिएको छ । 
 
रसुवा जिल्लामा ११ हजार घर निर्माण गर्नुपर्ने र नौ हजार लाभग्राहीबीच सम्झौता भई एक हजार तीन सय घरपरिवारको गुनासोप्रति छानबिन भइरहेको बताउँदै सहरी विकास डिभिजन प्रमुख राजेन्द्र खतिवडाले ग्रामीण आवास निर्माणको प्रक्रिया अगाडि बढिसकेको बताए ।
 
विसं २०७२ वैशाख १२ मा भूकम्पमा परी निधन भएका ६ सय ८६ जनाको सम्झना गर्दै आइतबार साँझ धुन्चेबजारसहित जिल्लाका विभिन्न भागमा दीप प्रज्वलन गरिएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ