arrow

सरकारको विरोधमा व्यवसायीले नै गरे हेटाैडा बन्द (भिडियो)

जनजीवन प्रभावित

logo
प्रकाशित २०७३ माघ ३ सोमबार
hetauda-Banda.png
काठमाडौ । सरकार विरुद्ध मकवानपुरका व्यवसायीहरुले सोमबार बन्द आह्वान गरेका छन् । सरकारले गर्नलागेको हेटौंडाको सडक विस्तारको क्रममा भत्किने घरधनीलाई मुआब्जाको माग राख्दै उनीहरुले सडक अवरुद्ध गरेका हुन् । 
 
सडक डिभिजन कार्यालय हेटौडाले पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौडा बजार सडक खण्डमा २५ मीटर भित्र पर्ने निजी सम्पत्तिको मुआब्जा नदिई सडक विस्तार गर्न यस अघि नै सूचना जारी गरिसकेको थियो । उत्तः सूचनाको विरोधमा सोमबार हेटौडा बजार बन्द गरिएको मकवानपुर उद्योग वाणिज्य संघले जानकारी दिएको छ । 
 
सडक ऐन नबन्दै पूर्वपश्चिम राजमार्ग बन्नु अघि नै विक्रम सम्वत २०११ साल देखि बसोबास गर्दै आएका एवम् नगरपालिकाले सम्पत्ति कर लिईरहेको र सडक डिभिजन कार्यालयले भन्दै आएको २५ मीटर भित्रका घरजग्गाको लालपूर्जा व्यक्ती कै नाममा रहेकोले उनीहरुलाई ऐनको अवाला दिँदै मुआब्जा नदिई विचल्लीमा पार्न नहुने माग उनीहरुहको रहेको छ । 
 
उनीहरुले राज्यलाई हाल सम्म पनि नियमानुसार मालपोत कर तिर्दै आएको तथा मालपोत कार्यालयबाट खरीदबिक्री समेत हुदै आएकोले ती जग्गा निजी सम्पत्ति भएको पुष्टि भईसकेको भन्दै सडक विस्तार गर्ने क्रममा भने क्षतिपूर्ति मुआब्जा नदिई घर भत्काउन लागिएकोले आफूहरुले आन्दोलन गर्नु परेको हेटौडा बसोबास संरक्षण समितिका संयोजक राजकुमार न्यौपानेले बताएका छन् ।
 
केही दिन अघिबाट सडक डिभिजन कार्यालयले २५ मीटर भित्र पर्ने सरकारी स्वामित्वका भौतिक संरचना भत्काई सकेको छ भने, निजी घरटहरा हटाउन गरेको १५ दिने सूचनाको म्याद सोमबार नै सकिदैछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ