arrow

देश–विदेशका अनुभव साट्न रेटिना सम्मेलन

logo
प्रकाशित २०७२ पुष ६ सोमबार
Retina-.JPG.jpeg
काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठान र नेपाल अफ्थाल्मीक सोसाइटीले आँखाको पर्दासम्बन्धि जानकारी दिन सम्मेलन गरेको छ । समय नुपुग्दै जन्मेका बच्चामा हुने आँखाको पर्दामा देखिने रोग र मधुमेहले आँखाको पर्दामा देखिने समस्या सम्बन्धि विभिन्न जानकारी दिन, उपचारको नयाँ प्रविधि, समय सापेक्ष उपयोग गर्ने र यसलाई व्यवस्थित बनाउने सम्बन्धि प्रोटोकल निर्माण गर्ने उद्देश्यले एक दिने रेटिना सम्मेलन गरेको हो । सम्मेलनमा स्वदेशी तथा विदेशी विशषज्ञहरु, नेत्र विशेषज्ञ, बालरोग विशेषज्ञ, एनेस्थेसिय  विशेषज्ञ र आवासिय नेत्र चिकित्सक गरेर करिव ८० जना सहभागि भए ।  
 
सम्मेलनमा ५ राष्ट्रिय ६ अन्तराष्ट्रिय (अमेरिका, जापान, ताइवान र भारत) विज्ञहरुले कार्यपत्र प्रस्तुत गरे । सो क्रममा  बाल विशेषज्ञ, बाल नेत्र विशेषज्ञ, आखाँको पर्दा विशेषज्ञको सहभागितामा प्रोटोकलको खाँका तयार भएको थियो । जुन नेपाल अफ्थालमिक सोसाइटीबाट पारित भएपछि नेपालका सबै आँखा अस्पतालहरुमा रेटिनोपेथी प्रिम्याचोरिटीको व्यवस्थापनको लागि निर्देशिका बन्नेछ । 
 
तिलगंगा आँखा प्रतिष्ठानका भिट्रियो रेटिना विभागका प्रमुख डा. गोविन्द पौडेलले महिना नपुग्दै जन्मेको बच्चाको आँखामा देखिने रोगलाई रेटिनोपेथी प्रिम्याचोरिटी भन्ने गरिएको बताए । उक्त रोगबाट समयमै बच्चालाई जोगाउन बच्चाको अभिभावक तथा बालरोग नर्सहरु सबैमा चेतना हुनुपर्ने डा. पौडेलको भनाई छ । यो रोग अहिले बढ्दो अवस्थामा रहेको बताउँदै भिट्रियो रेटिना विशेषज्ञ डा.सन्यम बजिमयले रोग लाग्दा दृष्टिको पर्दा खुम्चने र रगत बग्ने समस्या देखिने जानकारी दिए । सो रोगलाई लेजर गरेर वा इन्जेक्सन लगाएर तथा पर्दा फाँटेको खण्डमा शल्यक्रिया गरेर उपचार गरिन्छ । रोग लागे नलागेकोबारे थाहा पाउन बच्चा जन्मेको ४ हप्तामै आँखाको नानी फुलाएर आँखाको दृष्टिपर्दाको जाँच गर्नुपर्दछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ