arrow

राष्ट्रपतिको कार्यालय पुगे ज्ञानेन्द्र

logo
प्रकाशित २०७३ माघ ३ सोमबार
gyanendra--sital-niwas-ma.jpeg

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाह समारोहमा सहभागि भएका छन् । लामो समयपछि पूर्व राजा ज्ञानेन्द्र शीलत निवास पुगेका हुन् । निशाकुशुम र पूर्वराष्ट्रपति रामवरण यादवका नाती अभिषेकलाई आशिर्वाद दिएर पूर्वराजा शाह २० मिनेटमै शितलनिवासबाट बाहिरिए ।

शीतल निवास पुग्न पूर्व राजा ज्ञानेन्द्रले हरियो रंगको बा ४ च ३८०७ नम्बरको टोयोटा गाडी चढे । राष्ट्रपति विद्यादेवी भण्डारीको निम्तो स्वीकार गरी पूर्वराजा ज्ञानेन्द्र राष्ट्रपतिको  कार्यालयमा पाइला टेक्न पुगेका हुन् ।

राष्ट्रपति भण्डारी र पूर्व राष्ट्रपति डा. रामवरण यादवका नातेदारबीचको साइनो औपचारिक रुपमै गाँसिएको छ । राष्ट्रपति कार्यालयको कोसी हल अघिल्तिरको खाली भागमा निशाकुसुम र अभिषेकको वैवाहिक कार्यक्रमको जग्गे तयार पारिएको थियो ।

अभिषेक पूर्वराष्ट्रपति यादवकी भतिजी एवं महोत्तरीबाट निर्वाचित सांसद किरण यादवका छोरा हुन् । दुई महिनाअघि नै अभिषेक र निशाकुसुमको शीतल निवासमै इंगेज्मेन्ट (टीकाटालो) भएको थियो । २९ वर्षीय अभिषेक बूढानीलकण्ठ स्कुलमा अध्ययनता देखिनै  निशाकुसुमका सहपाठी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ