arrow

के कलाकार दीपकराज गिरीलाई कारबाही होला त ?

कारबाहीको माग गर्दै विद्यार्थी आन्दोलित

logo
प्रकाशित २०७३ माघ ३ सोमबार
Deepakraj-married-Dipa-Shree.jpeg
काठमाडौं । छक्का पन्जा पाईरेसी गरेको आरोप लागेर एक जनाको ज्यान गएपछि चलचित्रका निर्माता तथा निर्देशकहरु विरुद्ध कडा आलोचना सुरु भएको छ । केही दिन अघि पाईरेसी भएको आरोप लागेपछि कृष्ण सुवेदी(रुपेश) नाम गरेका एकजना नोवेल कलेजमा अध्ययनरत विद्यार्थीले आत्महत्या गरेका थिए । 
 
यसरी सुवेदीको आत्महत्याको कारण चलचित्रका निर्माता एवं निर्देशकहरु रहेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले संघर्ष समिति नै गठन गरेर दीपकराज गिरी लगायन निर्माता तथा निर्देशकलाई कारबाहीको माग गरेका हुन् । 
 
 रुपेशलाई न्याय दिलाउन अभियानको नामबाट जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आईतबार बुझाईएको पत्रमा पाईरेसी मुद्दामा सफाई पाईसकेपछि पनि निर्माताहरुले मानसिक दबाब दिएकोले उनले अआत्महत्या गर्नुपरेको आरोप विद्यार्थीहरुले लगाएका छन् उनीहरुले निष्पक्ष छानविनका लागि जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण पनि गराएका छन् । 
 
आईतबार उनीहरुले राजधानीका विभिन्न ठाउँहरुमा प्रदर्शन गर्दै रुपेशलाई न्याय दिलाउन तथा छक्कापन्जा टिमलाई कारबाही गर्न माग पनि गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ