arrow

भारतमा हुने वेश्यावृत्तिको सनसनीपूर्ण खुलासा

logo
प्रकाशित २०७३ माघ ३ सोमबार
sex-worker.jpg
एजेन्सी । यौन व्यवासायलाई हाम्रो समाजमा घृणाको नजरले हेरिन्छ । यौन व्यवासायको लागि हाम्रो समाजमा न कुनै राम्रो स्थान छ न त हेराइ नै । धेरै मानिसहरुलाई यस कुराको जानकारी हुदैन की प्राय यस व्यवासायका महिला आफ्नो इच्छाले आएका हुदैनन् । उनिहरु मानव तस्करीको शिकार बनेर त अरुले फसाएर सो काममा आइपुग्छन् । 
 
 विश्वमा लगभग ४ करोड 'सेक्स वर्कर' रहेका छन् । यस मध्ये भारतमा करिब ३० लाख रहेका छन् । वेश्यावृत्ति मा पक्राउ पर्ने महिलाको औसतन उमेर १३ बर्ष रहेको  छ । भारतको मुम्बईमा  सबै भन्दा ठुलो सेक्स इन्डस्ट्रि रहेको छ । त्यहाँ २ लाख भन्दा ज्यादा 'सेक्स वर्कर' छन् भने ती मध्ये पनि ५० प्रतिशत एड्सबाट ग्रसित रहेका छन् । 
 
'अल बंगाल वसमन युनियन' ले सन् १९८८ मा यौन व्यवासायवृत्तिमा लाग्नुको कारण बारे गरेको सर्वक्षणमा निम्न तथ्य खुलेको छ ।  
५ प्रतीशत महिला आफ्नो बुवा – आमाको इच्छा अनुसार यस क्षेत्रमा आएका छन् ।  १४ प्रतीशत साथिको लैलैमा पैसा कमाउन यस क्षेत्रमा आए । भने  २३ प्रतीशत दलालको चक्करमा फसेर आए। त्यस्तै  १३ प्रतीशत आफ्नो नातेदार यस क्षेत्रमा भएका कारण आए । १० प्रतीशतलाई मायामा धोका दिएर यस क्षेर्त्रमा ल्याइयो ।  २ प्रतीशत अफ्नो श्रीमान्‌को सहमतिमै यस क्षेत्रमा रहेका छन् ।  यो रिपोर्ट पश्चिम बंगालको  हो ।
 
भारतमा पुरूष वेश्यावृत्ति पनि निकै बढेको पाइन्छ । दिल्ली, चन्डीगढ़ र मुम्बई जस्ता ठुला शहरमा धनी महिलाहरु  पुरूष वेश्याबाट सेवा लिने गरेका छन् ।  पुरूष यौन व्यवासायलाई   जिगोली भनिन्छ । प्राय कलेजको डिग्रि लिने केटाहरु यस धन्दामा आउने गर्दछन् । 
 
सन् १९८१ मा भारतका २७ प्रतीशत 'सेक्स वर्कर' मात्र कण्डम प्रयोग गर्दथे , १९९५ मा यो संख्या बढेर ८२ प्रतीशतमा पुग्यो भने सन् २०११ मा ८६  प्रतीशत रहेको छ । भारतमा  पर्यटनको कारण  बाल वेश्यावृत्ति लगातार बढि रहेको पाइन्छ । पश्चिमी देशका केहि मानिसहरु  बाल वेश्यावृत्तिकै लागि भारत आउने गर्दछन् । उनिहरु बालिकालाई यौन शोषण मात्र नगरेर पोर्न चलचित्र बनाएर फर्कने गर्दछन् । यूनिसेफको रिपोर्ट अनुसार भारतमा  बाल वेश्यावृत्तिको संख्या लगभग २ लाख रहेको छ ।
 
यौन व्यवासायमा १० मध्ये १ पुरुषले मात्र सेक्सको पैसा तिर्ने गर्दछन् । संसारका २०० भन्दा ज्यादा देशहरु मध्ये २२ देशले मात्र वेश्यावृत्तिलाई कानुनी मान्यता दिएका छन् । वेश्यावृत्तिमा नाम चलेका १० शीर्ष देशमा थाईलेण्ड, ब्राजिल,स्पेन,इन्डोनेशिया, कोलबिया, फ्लिपिन्स , केन्या, नेदरलेण्ड, कम्बोडिया, डोमिनिकन गणराज्य रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ