arrow

एमाले निकट सदस्य सचिवका कारण ललितकलाकाे प्राज्ञसभामा कुटाकुट

उपकूलपति राजीनामा दिने तयारीमा, यस्ता भए अमर्यादित काम

logo
प्रकाशित २०७३ माघ ३ सोमबार
art-academy.jpeg
काठमाडौं । एमाले निकट सदस्यसचिवका कारण ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभामा तनावको स्थिती सिर्जना भएको छ । सदस्यसचिव नवराज भट्टकै कारण ६ दिनसम्म लम्बिएको प्राज्ञ सभामा सहभागीहरु असभ्य शैलीमा प्रस्तुत मात्रै भएनन् उनीहरुबीच हात हालाहालको स्थिती समेत सिर्जना भयो । गत पुष २४ गतेदेखि सुरुभएको सभामा भट्टले कूलपतिले भनेबमोजिम सभाको माईन्यूट तयार नपारेपछि ३ दिनमा सकिने सभापनि त्यसै ६ दिनसम्म लम्बिएको थियो । 
 
प्रतिष्ठानको नियमानुसार नै कूलपतिले भनेबमोजिम सदस्यसचिवले माईन्यूट तयार पार्नुपर्ने हुन्छ । तर, भुट्टले सो बमोजिम नगरी आफूखुशी व्यवहार गर्दै आएर अति अशभ्य पाराले छैटौंदिन सभा बहिस्कार गरेर हिँडेका थिए । यसरी सभा बहिस्कार गर्नु भनेको यस्तो बैठकमा हदैसम्मको अमर्यादित काम रहेको सदस्यहरुले जनाएका छन् । 
 
उनले छैंटौंदिन सभा बहिस्कार गरिसकेपछि सभा सम्पन्न भएको भन्दै सबैलाई भत्ता लिएर जान आग्रह गरेका थिए । तर उपकूलपति रागिनी उपाध्यायले भने अहिलेसम्म सभा सम्पन्न भएको घोषणा गरेकी छैनन् । सभा सम्पन्न भएको घोषणा गर्ने अधिकार उपकूलपतिमा मात्रै हुन्छ ।
 
यसरी उनले बैठकको दुई तिहाईले गरेको निर्णय माइन्यूट नगरेपछि माईन्यूट कपि नै तानातान भएको थियो । त्यसैबाट झडप सुरु हुँदा त्यहाँ अपशब्दहरुसँग सक्नेहरुले बंगारा खुस्काउने भन्दै एकमाथि अर्कोले आक्रमण समेत गरेका थिए । 
 
यसरी सभ्य र भद्र बन्नुपर्ने सभामा यस्ता असभ्य व्यवहार भएपनि यो विषय आफ्नै मर्यादाको कुरा भन्दै बाहिर नल्याईएको एक सदस्यले जानकारी दिए । उनका अनुसार यस्तो असभ्य व्यवहार भएपनि उपकूलपति रागिनी उपाध्यायले राजीनामा समेत दिने मनस्थिती बनाएकी छिन् । सदस्य सचिव भट्टले यस्ता असभ्य व्यहा मात्रै होईन कि आफू नियुक्त भएदेखि अहिलेसम्म हरेक ४ ४ महिनामा बुझाउनु पर्ने सांगठनिक प्रतिवेदन समेत नबुझाएको सदस्यहरुको आरोप छ । 
 
गत शुक्रबार यस्तो घटना घटेको हो । सभा अहिलेसम्म पनि स्थगित नभएकोले कहिले बोलाउने भन्नेमा उपकूलपति उपाध्याय अझै आपसी छलफलमा छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ