arrow

सचिनकाे कीर्तिमान 'विराट'ले पारे धरापमा, सामाजिक संजालमा तरंग

logo
प्रकाशित २०७३ माघ ३ सोमबार
sachin-g.jpeg

पुणे । विराट कोहलीले भारतीय क्रिकेटका महान् हस्ती सचिन तेन्दुलकरको एउटा कीर्तिमान बराबरी गरेका छन् । पुणेमा भएको पहिलो एक दिवसीय क्रिकेटमा इंग्ल्याण्डविरुद्ध एक सय २२ रन बनाएका कोहलीले सचिनको विजयी सतकको कीर्तिमान बराबर गरेका हुन् ।  
विराटले एक कप्ताती सम्हालेपछि पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई घरेलु मैदानमै ३ विकेटले पराजित गर्न विराटको सतकीय पारी कीर्तिमानी रहयो ।

विराटले विशाल स्कोर पछ्याएर विजय दिलाउने क्रममा १७ औं विजयी सतक पुरा गरेका हुन् । चुनौती पछ्याएर भारतलाई विजय दिलाउने क्रममा सर्वाधिक सतक बनाउने कीर्तिमान सचिनको नाममा थियो । सचिनले सर्वाधिक १७ पल्ट विजयी सतक बनाएका थिए । विराटको कुल २७ सतक भएको छ । यद्यपि, एक दिवसीयमा सबैभन्दा बढी सतक बनाउने र्कीतिमान भने सचिनकै नाममा छ ।

सन् २००८ मा अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका विराटले भरखरै एकदिवसी र टि–ट्वेन्टीको कप्तानी सम्हालेका थिए । कप्तानी सम्हालेपछि यो उनको पहिलो एक दिवसीय हो । महेन्द्र सिंह धोनीले कप्तानी छोडेपछि विराटको पहिलो कप्तानीको आरम्भ पुणेबाट भयो । विराटको उपस्थितिमा भारतले ३ सय बढीको योगफल ८ पल्ट सफलतापूर्वक पछ्याएको छ ।

पुणेमा इङ्ल्यान्डले ७ विकेटको क्षतिमा ३ सय ५० रन बनाएको थियो । जवाफमा भारतले ४८ ओभर १ बलमा ७ विकेट गुमाएर जित हासिल गरेको हो । इङ्गल्याण्डले सन् २०१५ को विश्वकप पछि एक दिवसीयमा ७ पल्ट ३५० बढीको योगफल बनाएको छ । त्यस अघि २ पटक ३५० रन बनाएको रेकर्ड छ । पहिलो एक दिवसीय जित्दै भारतले तीन खेलको श्रृंखलामा १–० को अग्रता लिएको छ ।

सामाजिक संजालमा तरंग
कप्तान विराट कोहलीले मास्टर सचिन तेन्दुलकरको एक कीर्तिमान आझेलमा पारेपछि सामाजिक संजालमा तरंग फैलिएको छ । ट्वीटरमा सोमबार  ट्रेन्ड पहिलो नम्बरमा रहयो । इङ्गल्याण्ड भारतबीचको पहिलो एक दिवसीय संयोगबस भातको घरेलु मैदानमा भयो । अर्को संयोग थियो विराट कोहली कप्तानीको पहिलो खेल । त्यसमा पनि विशाल योगफल पछ्याएको खेलमा ३ विकेटको विजय । खेलको चर्चा त्यति मात्रैमा सीमित रहेन । विराटले मास्टर सचिनसँग विजयी सतकको कीर्तिमान बराबरी गरिदिए । जसले सामाजिक सञ्जाल तताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ