arrow

केदारले विराट चम्काउँदा, इङ्गल्याण्ड जिल खायो

धोनी आउट हुँदा इङ्गल्याण्ड नाच्याे

logo
प्रकाशित २०७३ माघ ३ सोमबार
virat-new-s.jpeg

पुणे । महाराष्ट्रको पुणेमा इङ्गल्याण्डविरुद्ध विराट कोहली र केदार जधाव चम्किएपछि भारत ३ सय ५१ रनको विशाल चुनौती पार गर्दै ३ विकेटको शानदार जित निकाल्न सफल भयो । टस जितेर फिल्डिङ रोजेको भारतले इङ्गल्याण्डको पूरै विकेट चट्काउन सकेन ।

भारतीय बलरलाई इङ्गल्याण्डका प्राय सबै व्याट्सम्यानले दबाबमै राखे । जो रुटले ७८ रन बनाउँदा बेन स्टोक्सले ६२ रन जोडे । इङ्गल्याण्डले ७ विकेट गुमाएर ३ सय ५० रन बनायो ।

जवाफमा भारतले सुरुवाती दुई व्याट्सम्यान सस्तैमा गुमायो । तेस्रो विकेटका लागि कप्तान विराट कोहलीले १ सय ५ बल खर्चेर ५ छक्का र ८ चौका प्रहार गरी १ सय २२ रन बनाए । कोहलीपछि आएका युवराज सिंह र महेन्द्र सिंह धोनी क्रिजमा टिक्न सकेनन् । युवराजले जम्मा १६ रन बनाउँदा धोनीले ६ बलमा ६ रन मात्रै बनाए ।

छैटौं क्रममा आएका केदारले विराटलाई चम्काइदिए । केदार–विराट जोडीले आश्चर्यजनक प्रदर्शन गरिदियो । विजयी सतक विराटले मात्रै बनाएनन् । केदारले पनि ७६ बल मात्रै खर्चेर १ सय २० रन बनाए । केदारले विराट भन्दा एक कम ४ छक्का प्रहार गर्दा विराट भन्दा ४ बढी १२ चौका प्रहार गरे ।

धोनी आउट हुँदा इङ्गल्याण्ड नाच्यो

Image may contain: 2 people, people playing sports, baseball and outdoor

भारतीय टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनी आउट हुँदा इङ्गल्याण्डको टोली नाचेको थियो । ज्याक बालले धोनीलाई छैटौं बलमा लडाइदिए । युवराज सिंह आउट हुँदा समेत इङ्गल्याण्डका कप्तान इयान मोर्गन र बेन स्टोक्सले निकै खुसी भए । जो रुटलाई क्याचको सिकार बनाएपछि विराट कोहलीले हार्दिक पाण्डेसँग काँध जोडेका थिए ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ