arrow

शीतलनिवासबाटै कान्छी छोरी अन्माइन् राष्ट्रपतिले

logo
प्रकाशित २०७३ माघ ३ सोमबार
abhisheks.jpeg
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले कान्छी छोरी निशाकुसुमलाई शीतलनिवासबाटै अन्माएकी छन् । सोमबार भएको  विवाहमा विभिन्न व्यक्तित्वहरुले  बरबधुलाई बधाई तथा शुभकामना दिइएका थिए । 
 
स्वर्गीय मदनकुमार भण्डारी र राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाह इन्जिनियर मुनिलाल यादव एवम् सांसद किरण यादवका ज्येष्ठ छोरा अभिषेक यादवसँग भएको हो । शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश सुशीला कार्की, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष, सांसदहरु, राष्ट्रकवि माधवप्रसाद घिमिरे, कूटनीतिज्ञलगायतको उपस्थिति थियो । समारोहमा पूर्व राजा ज्ञानेन्द्र शाह पनि पुगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ