arrow

अब ८ वटा खर्चिला रोगको उपचार निशुल्क : मन्त्री थापा

logo
प्रकाशित २०७३ माघ ३ सोमबार
gagan-g-new-aa.jpeg

दोलखा । स्वास्थ्यमन्त्री गगन थापाले ८ वटा खर्चिला रोगको उपचार निशुल्क गर्ने व्यवस्था गर्न लागिएको बताएका छन् । दोलखा पुगेका मन्त्री थापाले औषधि अभावमा अब कसैले पनि अकालमा मृत्यु वरण गर्नु नपर्ने बताएका हुन् । मन्त्री थापाले भने, ‘उपचार गर्दा कोही पनि कंगाल नहुने वातावरणका लागि हामी काम गरिरहेका छौं ।

स्वास्थ्य विमाको कार्यक्रमबारे जानकारी दिँखै मन्त्री थापाले अब बीमामार्फत जनताको उपचार सरकारले उठाउन लागेको बताए । मन्त्री थापाले थपे, ‘कानुन बनाएर बीमामार्फत जनताको स्वास्थ्यको जिम्मा सरकारले लिन्छ ।’ आफु भिआइपीको नाममा उपचार खर्च नलिने सुनाउँदै मन्त्री थापाले भिआइपीको नाममा खर्च लिने कुरालाई निरूत्साहित गर्छु,–भने ।

यस्तै, मन्त्री थापाले चरिकोटको स्वास्थय केन्द्र अब अस्पताल हुने र जिरी तथा   सिंगटीको स्तरोन्नती हुने बताए । पहिलेको जस्तो अहिले औषधि अवावका खबर कम सुनिएको उल्लेख गर्दै मन्त्री थापाले अब प्रत्येक जिल्लामा औषधि किन्नका लागि पुग्दो पैँसा गएको समेत बताए । काम गर्नेलाई सम्मान गर्ने उल्लेख गर्दै मन्त्री थापाले जिल्लामा औषधि वितरण नगर्ने र गर्न नसक्ने जिल्लाका प्रमुखहरु हट्ने उल्लेख गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ