arrow

खिम्ति ढल्केबर २२० केभी लाइर्नको परिक्षण प्रसारण सुरु

logo
राजन परियार,
प्रकाशित २०७३ माघ ३ सोमबार
khimti-dhalkebar.jpeg
सिन्धुली। खिम्ति ढल्केवर २२० केभी प्रसारण लाइर्नको सोमबारबाट पहिलो सर्किट परिक्षण प्रसारण सुरु भएको छ ।  ढल्केवरमा २२० केभीको सव स्टेसन नभएको र अहिले परिक्षणको रुपमा १३२ केभीवाट सुरु गरिएको छ ।
 
विद्युत प्रसारण लाईनको निर्माणमा स्थानीयवासिले मुअब्जा नपाएको भन्दै विरोध गर्दा लामो समय सम्म निमार्ण कार्य अलपत्र परेको थियो । झण्डै सात महिना अघि देखी आयोजनाको निमार्ण कार्यका लागी प्रहरी परिचालन गरेर निमार्ण कार्यलाई तिव्रता दिएपछि आयोजनाको निमार्ण कार्य सम्पन्न भएको हो । 
 
नेपालको विद्युत प्रशारण प्रणालीको क्षमता अभिवृद्वि गर्नका लागि १६ वर्षअघि रामेछाप र दोलखा जिल्लाको सीमामा पर्ने खिम्ती देखि धनुषाको ढल्केबरसम्म २२० केभी क्षमताको प्रशारण लाईन निर्माण गर्न विश्व बैंकले ११ मिलियन डलर नेपाल सरकारलाई ऋण उपलब्ध गराएको थियो । दोलखा, रामेछाप र सिन्धुली हुँदै धनुषाको ढल्केबरसम्म ७५ किलोमिटर लामो विद्युत प्रशारण लाइन निर्माण गर्न भारतको कल्पतरु पावर कम्पनी र नेपाल विद्युत प्राधीकरणबीच सन् २००६ मा ठेक्का सम्झौता भएको थियो ।
 
यसैबीच नवनिर्मित विद्युत आयोजनाका टावरहरु नछुन, टाबरमा नचड्न, कुनै पनि वस्तुले तार नछुन, खतरा लेखिएका ठाउँहरुमा नजान र वालवालीकालाई पनि टावर वरीपरि जान नदिन स्थानीय सर्वसाधारणलाई आयोजना तथा नेपाल विद्युत प्राधिकरण सिन्धुलीले आग्रह गरेको छ ।
परिक्षणका क्रममा खतरा देखिएमा नजिकको प्रहरी कार्यालय वा विद्युत प्राधिरणको टेलिफोन नं. ०४८–५४०४९० र ०४७–५२०६२६ मा सम्पर्क गरी जानकारी गराउन पनि आग्रह गरेको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ