arrow

राष्ट्रपति कार्यालयमै मधेशवादीविरुद्ध षड्यन्त्र : मोर्चा (विज्ञप्तिसहित)

logo
प्रकाशित २०७३ माघ ३ सोमबार
morcha-1.jpg.jpeg

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राष्ट्रपति कार्यालयमै आफुहरुविरुद्ध षड्यन्त्र भएको भन्दै आपत्ति जनाएको छ  । सद्भावना पार्टीको कार्यालय बानेश्वरमा बसेको मोर्चाको सचिवालय बैठकले राष्ट्रपति कार्यालयमै केही दलले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाविरुद्ध षड्यन्त्र गरेको भन्दै आपत्ति जनाएको हो ।

बैठकले गरेको पाँच बुँदे निर्णयको दोस्रो बुँदामा भनिएको छ, ‘राष्ट्रपति कार्यालय जस्तो गरिमामय स्थानमा तथाकथित केही राष्ट्रवादी भनिदा दलहरुले, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा लगायत मधेशवादी शक्तिहरुविरुद्ध गरिएको षड्यन्त्र निन्दनिय छ । झुठा सूचना सरकारलाई दिई राज्यलाई नै दिग्भ्रमित गर्ने उपर कडा कारबाही गर्न नेपाल सरकारसँग माग गर्दछौं ।’

यस्तै, सचिवालय बैठकले पुस २८ गते मध्य रातमा न्याय परिषद्ले गरेको उच्च अदालतको न्यायाधीश नियुक्तिको सिफारिस असमावेशी र असंवैधानिक रहेको भन्दै सो निर्णय विरुद्ध नेपाल बारले गरिरहेको विरोधमा ऐक्यवद्धता जनाउने निर्णय गरेको छ ।

यस्तै, मोर्चाको तर्फबाट बुझाइएको विवरण अनुसार शहीद घोषणा हुन बाँकीलाई तत्काल शहीद घोषणा गर्न र आन्दोलनका बेला लागेको झुठा मुद्द फिर्ता लिन तथा घाइतेहरुको उपचार खर्च दिन आग्रह गरिएको छ । मोर्चाले बुझाएको विवरण अनुसार प्रक्रिया पुग्नेहरुलाई शहीद घोषणा तथा घाइतेलाई उपचार खर्च दिइसकिएको सरकारले जनाएको छ ।

No automatic alt text available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ