arrow

अन्तरिक्ष यात्री सर्ननको निधन

logo
प्रकाशित २०७३ माघ ४ मंगलबार
gene-cernan.jpeg
न्यूयोर्क । चन्द्रमामा पुग्न सफल अन्तरिम अन्तरिक्ष यात्री जेन सर्ननको निधन भएको छ । अमेरिकी अन्तरिक्ष यात्री सर्ननको ८२ वर्षको उमेरमा निधन भएको नासाले जनाएको छ । सर्नन चन्द्रमामा हिंड्ने अन्तिम अन्तरिक्ष यात्री थिए । 
 
नासाले सर्ननको निधनले ठूलो क्षति भएको उल्लेख गरेको छ । सन् १९७२ मा चन्द्रमामा अन्तिम पाइला टेक्ने सर्नन नै थिए । उनी दुई पटक चन्द्रमामा पुग्ने तेस्रो व्यक्ति हुन् । उनी त्यतिबेलामा एपोलो –१७ मिसनका कमाण्डर थिए । 
 
चन्द्रमामा १२ जना पुगेको अवस्थामा अब ६ जनामात्र जिवित छन् । सर्ननको परिवारले स्वास्थ्य खरावीका कारण निधन भएको बताएका छन् । 
 
सर्ननले आफ्नो व्यवसाय बढाउने क्रममा अमेरिकी टेलिभिजनमा पनि योगदान दिएका थिए ।
Gene Cernan walks on the Moon. Photo: December 1972



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ