arrow

काठमाडौंमा अन्तर्राष्ट्रिय महिला फुटबल, भारतको सिक्किम र विहार क्लब सहभागि

logo
प्रकाशित २०७२ पुष ६ सोमबार
football.jpg.jpeg
काठमाडौं । प्रधानसेनापति तेस्रो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता राजधानीमा सुरु भएको छ । नेपाली सेनाको आयोजनामा भइरहेको प्रतियोगितामा विभिन्न १० टोली सहभागिता छन् । पाँच विकास क्षेत्र, विभागीय तीन टोली नेपाल प्रहरी क्लब, सशस्त्र प्रहरीको एपिएफ र त्रिभुवन आर्मी क्लब छन् । प्रतियोगितामा भारतको सिक्किम र बिहार क्लबले समेत प्रतियोगितामा सहभागि भएका छन् । 
 
प्रतियोगितामा सहभागी टोली दुई समूहमा विभाजन भएका छन् । समूह ‘ए’ मा भारतको बिहार, नेपाल प्रहरी, पूर्वाञ्चल, पश्चिमाञ्चल र एपिएफ गरी पाँच टोली छन् । यस्तै, समूह ‘बी’ मा भारतको सिक्किम, मध्यमाञ्चल, सुदुरपश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल, र आयोजनक आर्मी गरी समान पाँच टोली छन् । 
 
प्रतियोगिताको बिजेताले तीन लाख तथा उपबिजेताले एक लाख पाउने छन् । सेमिफाइनलमा पुग्ने दुई टोलीले समान  ५०–५० हजार पाउने छन् । प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने एक खेलाडीले यमाह कम्पनीको एक थान स्कुटर पाउने आयोजकले जनाएको छ । पुस १२ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले गरे । पहिलो खेलमा नेपाल प्रहरी र पूर्वाञ्चल भिड्दै छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ