arrow

आहा रारा गोल्डकप फुटबल सुरु हुँदै, १२ टिमबीच भिडन्त

logo
प्रकाशित २०७३ माघ ४ मंगलबार
aaha-rara-gold-cup-football.jpeg
पोखरा । १५ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता मंगलबारदेखि पोखरा रंगशालामा सुरु हुँदैछ । उदघाटन खेलमा आयोजक सहारा क्लव पोखरा र सुदूरपश्चिम ११ स्पोर्टिङ क्लब भिड्दै छन् ।
 
उदाटन खेलको विजेताले माघ ८ गते युनाइटेड सिक्किम भारतसँग क्वार्टरफाइनलमा खेल्नेछ । प्रतियोगितामा आयोजक सहारा क्लब, तीन विदेशी र तीन विभागिय टिमसहित १२ टिमको सहभागिता रहेको छ । 
 
प्रतियोगिताको फाइनल खेल माघ १५ गते हुनेछ । प्रतियोगिताको विजेताले पाँच लाख एक हजार एक रुपैयाँ तथा उपविजेताले दुई लाख ५१ हजार एक रुपैयाँ पुरस्कार जित्ने क्लवका महासचिव एवं प्रचार संयोजक केशबराज बरालले जानकारी दिए ।
 
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई एक थान हिरो स्कुटर प्रदान गरिनेछ । त्यस्तै उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, स्ट्राईकर र प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । 
 
प्रतियोगिताको सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ