arrow

छ लाख मानिसले गराए व्यक्तिगत घटना दर्ता

९८० को सम्बन्ध विच्छेद

logo
प्रकाशित २०७३ माघ ४ मंगलबार
janma-darta.jpeg
काठमाडौँ । यस बर्ष सात महिनाको अवधिमा पाँच लाख ८४ हजार तीनसय ५२ जनाले व्यक्तिगत घटना दर्ता गराएका छन् । 
 
केन्द्रीय पञ्जीकरण विभागअन्तर्गत वडा, गाविस, नगरपालिका र जिल्ला कार्यालयमा गएर जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्ध विच्छेदका घटना दर्ता भएका हुन् । 
 
विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदीले वैशाख महिनादेखि कात्तिक महिनासम्म उक्त सङ्ख्यामा व्यक्तिगत घटना दर्ता गरेको जानकारी दिए । उनले भने, “व्यक्तिगत घटना दर्ताले वर्षमा कति मानिस जन्मन्छन्, कति व्यक्तिले विवाह गर्छन्, कति व्यक्ति मर्छन्, कति व्यक्ति बसाइँसराइ गर्छन् र कति व्यक्तिले सम्बन्ध विच्छेद गर्छन् भन्ने कुरा सजिलै थाहा पाउन सकिन्छ ।” 
 
विसं २०७३ को कात्तिक मसान्तसम्म तीन लाख ८९ हजार चारसय ५० जन्म, ५८ हजार नौ सय ३७ मृत्यु, ९९ हजार १३ विवाह, ३५ हजार नौ सय ७२ बसाइँसराइ र नौ सय ८० जनाले सम्बन्ध विच्छेदको घटना दर्ता गरेको सुवेदीले बताए । 
 
विसं २०७२ मा नौ लाख २५ हजार एक सय ७४ जनाले व्यक्तिगत घटना दर्ता गरेका थिए । 
 
विसं २०३४ सालमा गृह मन्त्रालयबाट १० जिल्लाबाट सुरु गरिएको व्यक्तिगत घटना दर्ता कार्यक्रम २०४७ देखि मुलुकभर लागू गरिएको थियो भने विसं २०५० सालदेखि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत दर्ता गर्ने गरिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ