arrow

सडक दुर्घटनामा पैदलयात्रीको मृत्यु, दुई जना गम्भीर घाइते

logo
प्रकाशित २०७३ माघ ४ मंगलबार
accident-final.jpeg
दमक । मोटरसाइकलको ठक्करबाट झापाको दमकमा सोमबार राति एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
 
पूर्वपश्चिम राजमार्गको दमक–७ स्थित सडकखण्डमा पूर्व जाँदै गरेको बा ६१ प ५९६१ नंको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री दमक–१६ का ५५ वर्षीय प्रेम पुरीको मृत्यु भएको हो । 
 
बाटो काट्ने क्रममा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बनेका पुरीको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 
 
दुर्घटनामा परी मोटरसाइकलका चालक मकवानपुर हरिखोला–२ का २६ वर्षीय रोहित मोक्तान र पछाडि सवार उनकी दिदी मोरङ बयरवन–५ की ४० वर्षीया बबिता माझी गम्भीर घाइते भएका छन् । 
 
घाइते दिदीभाइको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ