arrow

ठूलो परिमाणमा सुन पक्रिएको झण्डै आधा महिनापछि अर्थमन्त्रीको कडा चेतावनी

logo
प्रकाशित २०७३ माघ ४ मंगलबार
mahara-news.jpeg
काठमाडौं । ठूलो परिणाममा सुन तस्करी गरेर ल्याईएको विषयमा अर्थमन्त्री कृष्णबहादुर महराले कडा चेतावनी दिएका छन् । गत पुष २२ गते केन्द्रीय अनुसन्धान ब्यूरोले पिंगलास्तानबाट ३३ किलो सुन बरामद गरेको १२ दिनपछि महराले मंगलबार अर्थमन्त्रालयबाट एक विज्ञप्ती जारी गर्दै सुन तस्करीका संलग्नलाई कडा कारबाही गर्ने चेतावनी दिएका हुन् । 
 
अर्थमन्त्री महराले जारी गरेको विज्ञप्तीमा सो घटनाको गहन अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न अर्थमन्त्रालयका सचिव र भन्सार विभागका अधिकारीलाई निर्देशन पनि दिईएको छ । 
 
यस अघि सुन तस्करीमा संलग्न रहेको भनेर मन्त्री मरामाथि लगाईएको आरोपको पनि महराले विज्ञप्ती मार्फत् नै खण्डन गरेका छन् । महराले सो घटनालाई लिएर आफ्नो चरित्र हत्या गर्ने ढङ्गले समाचार प्रकाशन भएकामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै राजनीतिक पूर्वाग्रह राखेर त्यसो गरिएकामा खेद प्रकट पनि गरेका छन् । 
 
मन्त्रालयले कर फछ्र्योट आयोग गठन गर्न नेपाल उद्योग वाणिज्य महाङ्घले माग गरेको तर त्यस सम्बन्धमा कुनै निर्णय नभएको पनि प्रस्ट पारे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ