arrow

अन्ततः प्रहरी लगाएर भत्काईयो हेटौंडाका घरहरु (फोटाे फिचर)

logo
प्रकाशित २०७३ माघ ४ मंगलबार
Hetuda_Home.jpeg
काठमाडौं । मकवानपुर जिल्लाको हेटौंडामा अन्ततः डोजर चेलेको छ । सरकारले जारी गरेको सूचना अनुसार २५ मिटर सडक फराकिलो पार्दा भत्किने बाटो छेउका घरधनीहरुलाई मुआब्जाको माग गर्दै हेटौंडा बन्द समेत गरिएपनि मंगलबार हेटौंडामा डोजर चलाईएको हो । स्थानीय प्रसासनले स्थानीयलाई आफ्नो व्यवस्था गर्नको लागि सोमबारसम्मको समय दिईएको थियो । समय सकिएको भोलिपल्टै हेटौंडामा डोजर चलाईएको थियो । 
 
२५ मिटर फराकिलो पार्ने अभियान अन्तर्गत् मंगलबार बिहान ८ बजेबाट डोजर चलाउने काम थालनी भएको हो । हेटौँडाको राप्तिखोला परसिरबाट सडक फराकिलो पार्ने कामको थालनी भएको हो । सडक फराकिलो पार्ने काम सुरु भएपछि मकवानपुर उद्योग वाणिज्य संघको नेत्तृत्वमा प्रर्दशन समेत भएको थियो भने स्थानीय प्रशासनले ठुलो सङ्ख्यामा प्रहरी परिचालन समेत गरेको छ । यसकारको सूचना विरुद्ध सोमबार मात्रै उद्योग वाणिज्य संघको आह्वानमा हेटौंडा बन्द समेत गरिएको थियो । 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ