arrow

म्यान्चेस्टर सिटीका पूर्व प्रशिक्षक बेनेलको यौन काण्ड

८ पटक यौन शोषण गरेको आरोप अस्वीकार

logo
प्रकाशित २०७३ माघ ४ मंगलबार
benel-news.jpeg

एजेन्सी । बेलायतका पूर्व फुटबल प्रशिक्षक ब्यारी बेनेलले बाल यौन उत्पीडनको आरोप अस्वीकार गरेका छन् । बेनेलले भने १६ वर्षका एक बालकलाई यौन उत्पीडनमा पारेको आरोप लागेको हो ।

ब्यारी बेनेलले आठ पठक यौन शोषण गरेको आरोप छ । बेनेल क्रु एलेक्जेड्रा फुटबल टिमका पूर्व प्रशिक्षक हुन् । बेनेलले चेस्टर क्राउन कोर्ट (अदालत) मा भएको सुनुवाईमा सबै आरोप नियोजित भनेका छन् ।

सन् १९८१ देखि १०८६ का बिच उनीमाथि यी सबै आरोप लागेका हुन् । ६३ वर्षीय पूर्व प्रशिक्षक बेनेलले इङ्गल्याण्डका चर्चित फुटबल क्लब म्यान्चेस्टर सिटी, स्टोक सिटी र उत्तर पश्चिमी जुनियर टिम तथा मिडल्याण्ड टिमको प्रशिक्षण सम्हालिसकेका छन् ।

उनी आरोपकै कारण अघिल्लो वर्ष २० मार्चमा पक्राउ परेका थिए । अभियोजन पक्षका ओवेन एडवर्ड्सले अदालतलाई भनेका छन्, ‘पीडित आफ्नो पहिचान गोप्य राख्न चाहन्छन् ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ