arrow

माघ १५ गतेभित्र कानून दिए मात्रै जेठ पहिलो हप्ता निर्वाचन

राजनीतिक सहमति भए प्रतिनिधि सभाको चुनाव गर्न पनि आयोग तयार

logo
प्रकाशित २०७३ माघ ४ मंगलबार
ayodhi-yadab.jpeg

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले माघ १५ गतेभित्रै निर्वाचन आयोगलाई ऐन, कानून दिए मात्रै जेठको पहिलो हप्ता स्थानीय तहको निर्वाचन गर्न सकिने बताएका छन् ।

रिपोर्टर्स क्लबमा मंगलबार प्रमुख आयुक्त यादवले यस्तो बताएका हुन् । प्रमुख निर्वाचन आयुक्त यादवले भने, ‘अहिले स्थानीय तहको निर्वाचनको बारेमा कसैले चैत्रमा चुनाव हुने भनेका छन्, कसैले बैशाखमा भनेका छन्, त कसैले जेठमा गर्ने कुराहरु आइरहेका छन्, आयोग अचम्मित बनेको छ ।

प्रमुख निर्वाचन आयुक्त यादवले अब चैत्रमा चुनाव हुन नसक्ने जिकिर गरे । यादवले अपे,‘अब चैत्रमा चुनावमा हुन सक्दैन्, बैशाख २८–२९ गते सुरु गर्ने हो भने जेठको पहिलो हप्तासम्म निर्वाचन सम्पन्न गर्न सकिन्छ ।’ उनले आयोगले अहिले पूरानै ऐन तथा कानूनहरु अनुसार काम गरिरहेको समेत बताए ।

प्रमुख आयुक्त यादवले स्थानीय निर्वाचन चरणवद्ध रुपमा गर्नुपर्ने समेत बताए । उनले भने,‘स्थानीय निर्वाचन चरणबद्ध रुपमा गर्नुपर्छ, दुई वा तीन चरणमा गर्नुपर्छ, त्यसको लागि सूरक्षा निकायहरुसँग समन्वय गर्नुपर्छ ।’ यादवले दलीय सहमति वा रानीतिक समझदारी भए प्रतिनिधि सभाको निर्वाचनपनि गर्न आयोग तयार रहेको बताए ।

यादवले भने, ‘निर्वाचन क्षेत्र निर्धारण आयोग गठन हुनुपर्छ, आयोगले प्रतिवेदन दियो भने र १६५ वटै निर्वाचन क्षेत्र निर्धारण भएर अघि बढियो भने आयोगलाई आपत्ति छैन ।’ उनले पहिले प्रदेश वा प्रतिनिधि सभाको निर्वाचन गर्ने हो भने पनि संभव रहेको बताए । दुवै निकायको चुनाव एकैचोटी गर्न सम्भव भएपनि प्राविधिक रुपमा समस्या हुने उनको भनाई थियो ।

यादवले २०७० सालको संविधान सभा निर्वाचनपछि बनेको पहिलो सरकारको प्राथमिकता ६ महिनाभित्र स्थानीय निकायको निर्वाचनको गराउने थियो । तर, त्यो हुन नसक्नु दुःखद भएको भने ।

उनले निर्वाचनका लागि मतदाता नामावली, मतदाता परिचय पत्र वितरण, मतपत्र, मतदान स्थल, मतदान, मतपरिणाम, मतपेटिका, मसलदन्द, मानव संशाधन आवश्यक रहेकाले यसको गृहकार्यमा आयोग जुटेको बताए । यादवले  भने, ‘सरकारले निर्वाचनको बाटो बनाए हामी अहोरात्र खटेर काम गर्न तयार छौँ, हामीले तीन चार दिन अलि बढी नै खट्दा हुन्छ भने हामी तयार छौं ।’

आगामी २०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको निर्वाचन गर्न सम्भव छ त भन्ने पत्रकारको प्रश्नमा डा. यादवले भने, ‘ईच्छाशक्ति भए सम्भव छ नि, किन नहुनु ?’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ