arrow

हाम्रो कारण कर्णालीमा भोकमरी : मन्त्री शाही

logo
प्रकाशित २०७३ माघ ४ मंगलबार
giban-bahadur-sahi.jpeg
काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले कर्णालीमा भोकमारी कारण आफुहरु रहेको बताएका छन् । मंगलबार राजधानीमा कर्णाली विकास आयोगले आयोजना गरेको कर्णाली क्षेत्रको १० वर्षे विकास योजना ( मस्यौदा ) अन्तरक्रिया एवं छलफल कार्यक्रम २०७३ बोल्दै मन्त्री शाहीले उक्त कुरा बताएका हुन् । 
 
मन्त्री शाहीले कर्णाली क्षेत्रको विकास नहुनुको कारक तत्व आफूहरुनै भएको भन्दै कर्णालीको विकास नभएको भनेर अरुलाई दोष दिएर उम्कन नमिल्ने बताए । मन्त्री शाहीले कर्णली क्षेत्रको विकासका लागि सडक सञ्जाल विकासमा जोड दिनुपर्ने बताए । सडक कनेक्टीभिटी बिना कुनै पनि क्षेत्रको विकास नहुने भन्दै मन्त्री शाहीले पर्यटन विकासका लागि पनि भौतिक पूर्वाधारको विकास गर्नुपर्ने बताए । उनले आइकाओको मापदण्ड अनुसार विमानस्थलका लागि १३० बिघा जमिन आवश्यक रहको भन्दै यसका लागि कर्णालीका कुनै जिल्लामा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउन सक्ने ठाउँ नभएको बताए । शाहीले कालिकोटको कोटबाडा ३१ वर्षे देखि बन्दै गरेको सुनथराली विमानस्थल सञ्चालनमा आएसंगै कर्णालीलाई सहज रुपमा हवाई सञ्जालमा जोड्न सकिने र यसले पर्यटनमा टेवा पुग्ने बताए । 
 
  मन्त्री शाहीले कर्णालीबासीमा भाते संस्कृतिको विकास भएको भन्दै कर्णालीको विकासका लागि यसलाई अन्त्य गर्नुपर्नेमा जोड दिए । उनले वाटो , वन , विद्युत विचार र वजार व्यवस्थापन समृद्ध कर्णालीको मुख्य आधार भएको भन्दै यसको समुचित र योजनाबद्ध विकासमा जोड दिए ।            शाहीले कर्णालीका नागरिकले स्थानीय उत्पादन वृद्धि गर्न छोडेर कुहेको चामलमा ध्यान दिँदा मंहगोमा विक्री हुने फापरको उत्पादन घटेको बताए । 
 
  शाहीले मुगुको गमगढीमा नेपालगञ्जको काउली पुगेको बताउँदै आफ्नै कोठेबारीमा उत्पादन हुने कुरामा पनि परनिर्भरता बन्ने गरेको दुखेसो पोखे । मन्त्री शाहीले कर्णाली गरिब नभई मानसिकता गरिब भएको भन्दै स्रोत साधनले भरिपूर्ण रहेको कर्णालीमा २१ मेगावाट जलविद्युत उत्पादन गर्न सक्ने क्षमता रहेको बताए । उनले भने,ू हामीसँग झ्याउँ, च्याउँ र स्याउ सहितका जडिबुटीहरुको अथाहा भण्डार छ । राज्यको अर्थतन्त्रलाई मजबुत बनाउँन सक्ने प्रशस्त आघार छ । तर हामीलाई गरिब हो भनिन्छ । कर्णाली गरिब होइन हाम्रो मानसिकता गरिब हो ।
 
 मन्त्री शाहीले राज्यले जबर्जस्त रुपमा कर्णालीलाई गरिबीको बिल्ला भिराउने काम गरेको बताए । 
उनले कर्णालीमा उत्पादन गरेको कोदो र फापरले जापान लगायतका देशको बजार धान्न सक्ने भन्दै स्थानीय उत्पादनमा सबैलाई प्रेरित गर्नुपर्ने धारणा राखे ।मन्त्री शाहीले राज्य कर्णाली क्षेत्रको विकासमा सकारात्मक रहेको भन्दै कर्णाली क्षेत्रको १० वर्षे विकास योजना कर्णाली क्षेत्रको विकासका लागि कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ