arrow

'सानोतिनो मनमुटावले नेपाल-भारत सम्बन्ध कमजोर हुदैन'

logo
प्रकाशित २०७३ माघ ४ मंगलबार
ranjit-rays.jpeg
नेपालगन्ज।भारतीय राजदूत रणजित रायले सानोतिनो मनमुटावले नेपाल-भारत सम्बन्ध कमजोर नहुने बताएका छन् । नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालमा निर्माण हुने नयाँ आधुनिक भवनको मंगलबार शिलान्यास गर्दै उनले नेपालको विकास प्रयासमा भारत सधैँ सकारात्मक रहेको पनि बताए ।
 
भारत सरकारले नेपालमा शिक्षा, स्वास्थ्य, विद्युत्, वैकल्पिक ऊर्जा र पूर्वाधार विकासमा लगानी बढाइरहेको जानकारी दिदै  राजदूत रायले नेपाल र भारतबीच सदियौँदेखिको आपसी सद्भावपूर्ण सम्बन्धलाई कसैले बिगार्न नसक्ने बताए । 
 
सो अस्पताल भारतीय राजदूतावासको ५ करोड र बाँके जिल्ला विकास समितिको ९५ लाखसहित ५ करोड ९५ लाखमा निर्माण हुन लागेको अध्यक्ष रतनकुमार टण्डनले बताए ।  
 
१०० श्ययासहितको भवनमा  जनरल वार्ड, चार शल्यक्रिया कक्ष, बिरामी क्याबिनको निर्माण र अस्पताल क्षेत्रको सडक कालोपत्र गरिने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ