arrow

उद्योग विकासमा इन्जिनियर्स एसोसियसनको सहकार्य

logo
प्रकाशित २०७३ माघ ४ मंगलबार
nepal-engineer.jpeg
काठमाडौँ। नेपालको उद्योग र उद्यमशीलताको विकासमा अब इन्जिनियर्स एसोसियसनले पनि सहकार्य गर्ने भएको छ । उद्योग मन्त्रालय र एसोसियसनबीच तीन महिनाभित्र संयुक्त कार्ययोजना बनाई अगाडि बढ्ने सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ । 
 
उद्योग मन्त्री नवीन्द्रराज जोशीको रोहबरमा योजना महाशाखा प्रमुख दिनेश घिमिरे र एसोसियसनका अध्यक्ष हरेराम श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे।  मन्त्री जोशीले नेपालको उद्योग विकासका लागि सबै खाले जनशक्ति समन्वय गरेर काम गर्न नसकिएको बताए । उनले भने, “देशको लागि योगदान गर्न चाहने नेपाली दक्ष जनशक्तिलाई उपयुक्त फोरमको वातावरण तयार गरेको छ । यसले नेपालको विकासमा नयाँ उद्यमशीलताको विकासका रुपमा यो सम्झौतालाई लिएको छु ।” 
 
एसोसियसनका अध्यक्ष श्रेष्ठले आफूहरु पेसागत सङ्गठनमा भए पनि देशको लागि आफ्नो योगदान दिन तयार रहेको बताए । रासस  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ