arrow

पुलिस च्याम्पियन, अार्मी स्तब्ध

logo
प्रकाशित २०७३ माघ ४ मंगलबार
nepal-polic-news.jpeg

काठमाडौँ । नेपाल पुलिस क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुर क्रिकेट मैदानमा मंगलबार भएको फाइनलमा पुलिसले आर्मीलाई चार विकेटले पराजित गर्दै उपाधि कब्जा गरेको हो ।

आर्मीले दिएको १४३ रनको चुनौती पुलिसले १९ ओभरमा ६ विकेट गुमाउँदै पार गर्‍यो । पुलिसलाई जिताउन दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४२ रन जोडे । त्यस्तै, कुशल भूर्तेलले अविजित ३४, दिलीप नाथले २४ तथा योगेन्द्रसिंह कार्कीले ११ रन बताए ।

टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४२ रनको योगफल बनाएको थियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले ४०, राजेश पुलामीले ३८, नरेश बुढाऐरले २८, अनिल मण्डलले १५ तथा सोमपाल कामीले अविजित १५ रन जोडे ।

आर्मीको व्याटिङ कमजोर पार्न पुलिसका ललितसिंह भण्डारी र कुशल भूर्तेलले समान दुई–दुई विकेट लिए । मञ्जित श्रेष्ठ र ललित राजवंशीले समान एक–एक विकेट हात पारे ।

आर्मीका जीतेन्द्र मुखिया र विक्रम सोबले समान दुई–दुई विकेट लिए । उपाधिसँगै पुलिसले तीन लाख हात पार्‍यो । उपविजेता आर्मीले दुई लाख पायो । काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरको आयोजना भएको उक्त प्रतियोगितामा विभिन्न आठ टोली सहभागि थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ