arrow

कैदीलाई तीन महिने तालिम

logo
प्रेम रौले,
प्रकाशित २०७३ माघ ४ मंगलबार
silai-talim.jpeg
बाजुरा । जिल्ला कारागार बाजुरामा रहेका कैदीहरुका लागि ३ महिने सिलाइ कटाइ तालिम मंगलबार देखि सुरु भएको छ । कारागारमा रहेका २० जना कैदीलाइ सिलाइ कटाइ तालिम संचालन गरिएको घरेलु साना उद्योग विकास समिति बाजुराका उद्योग अधिकृत नर बहादुर खड्काले बताए । 
 
उनले कैदीहरुको जीवन शैलीमा परिवर्त आउने गरी तालिम दिन थालिएको बताए । तालिम लिएपछी सिप सिकेर आत्मनिर्भर बन्न सहयोग पुग्ने खड्काले सुनाए ।  जिल्ला कारगार बाजुराका ३५ कैदी मध्ये २० कैदीलाइ मात्र तालिम दिइएको घरेलुका लेखापाल विक्रम कटुवालले जानकारी दिए । कैदीले सिफ सिकेर सिप विकास गर्नुका साथै स्वरोजगार बन्ने भएकाले उनीहरुलाई तालिम दिइएको कटुवालको भनाइ रहेको छ । 
कारगारमा रहेका कैदी छत्र रौलेले यो तालिमले कारगार बाहिर वसेर आत्म निर्भर भएको छ । उनले दिनभर जेल भित्र नै तालिम सुरु गरेकाले अव हामीले सिप सिक्ने मौका पाएको रौलेले खुसी व्यक्त गरे। 
 
तालिम प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले उद्घाटन गरेका थिए । कार्यक्रममा निमित्त स्थानिय विकास अधिकारी प्रेम बहादुर सिंह प्रहरी नायव उपरिक्षक दल बहादुर बोगटी लगायत सहभागी थिए । तालिमका लागि दुई लाख खर्च गरिने घरेलु विकास  समिति बाजुराले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ