arrow

युएईका कार्यकारीलाई प्रचण्डले भने–अमर बमलाई नेपाल पठाउने व्यवस्था गरिदिनोस्

logo
प्रकाशित २०७३ माघ ४ मंगलबार
moktom-sang-bhet.jpeg

काठमाडौं । संयुक्त अरब इमिरेट्स युएई भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले अरबका कार्यकारी मोहमद बिन रसिद अल मक्तोमलाई भेटेका छन् । मंगलबार दिउँसो दुवईमा भएको भेटमा प्रधानमन्त्री दाहाल र कार्यकारी मक्तोमबीच दुईपक्षीय हित र आपसी सम्बन्धबारे कुराकानी भयो ।

भेटमा प्रधानमन्त्री दाहालले साउदीको जेलमा रहेका नेपाली कामदार अमरबहादुर बमलाई आममाफीसहित नेपाल पठाउने व्यवस्था गर्न मक्तोमलाईअनुरोध गरे । प्रधानमन्त्रीको अनुरोधपछि कार्यकारी मक्तोमले आफूले तत्कालै राजदूतलाई बोलाएर यसबारे प्रक्रिया अगाडि बढाउने बताए ।

प्रधानमन्त्री दाहालले नेपाल सर्वोच्च शिखबर सगरमाथाको देश र युएई मानव निर्मित ठूला टावरहरुको देश भएकाले नेपालले दुई उच्च टावरलाई जोडेर आपसी हित र मित्रतालाई थप बलियो बनाउन चाहेको बताए ।

प्रधानमन्त्री दाहालले भने, ‘नेपालमा सगरमाथा जस्ता प्राकृतिक दृष्टिले उच्च टावरहरु छन्, तपाईहरुले विश्वमै सबैभन्दा उच्च मानव निर्मित टावर बनाएर देखाउनु भएको छ । यो विश्वकै लागि उदाहरणीय छ । दुई ठूला टावरको बीचमा राम्रो कनेक्सन भयो भने दुई देशकै लागि महत्वपूर्ण उपलब्धि हुन सक्छ, यसमा नेपाल युएईसँग सहकार्य गर्न चाहन्छ ।’

यस्तै, प्रधानमन्त्री दाहालले जलविद्युतका क्षेत्रमा लगानी गर्न मक्तोमको ध्यानाकर्षण गराए । प्रधानमन्त्री दाहालले युएईमा कार्यरत नेपाली कामदारले भोगेका समस्या र युएई सरकारसँग गरेका अपेक्षाबारे मक्तोमलाई सुनाए ।

कार्यकारी मक्तोमले नेपालीहरु विश्वमै सबैभन्दा सोझा र इमान्दार भएको भन्दै नेपालको विकासमा लगानी गर्न र नेपाली कामदारहरुका समस्या समाधान गर्न युएई सरकारले थप पहल र सुधार गर्ने बताए । मक्तोमले नेपालले  चासो राखेका विषयबारे आफू गम्भीर भएको र छिटै त्यसमा आवश्यक प्रक्रिया अगाडि बढाउने विश्वास दिलाए । दशौं विश्व उर्जा भविष्य सम्मेलनमा भाग लिन माघ १ गते युएई प्रस्थान गरेका प्रधानमन्त्री दाहाल तीन दिन लामो समय सकेर मंगलबार अपरान्ह स्वदेश फर्किएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ