arrow

​चालकलाई गोली हानेर सुमोमा आगो लाउने प्रेम जोडी पक्राउ

logo
प्रकाशित २०७३ माघ ४ मंगलबार
aagolaune.jpeg
रामेछाप।​ चालकलाई गोली हानेर सुमोमा आगो लाउने प्रेम जोडी पक्राउ परेको छ । झापाका २७ वर्षीय विशाल खड्काको हत्यामा संलग्न तथा योजनाकारमध्येका दुवैलाई जिल्ला प्रहरी कार्यालय रामेछापको टोलीले पक्राउ गरेको छ । रामेछापको मजुवा–१ निगलपानीमा गत मङ्सिर ६ गते मे १ ज २१८७ नम्बरको सुमोमा आगो लगाएर झापा जिल्ला लखनपुर–१ पाडाजुरीका खड्काको हत्या गर्ने दमक नगरपालिका–१० मा डेरा गरी बसेको अवस्थामा तेह्रथुम जिल्ला पौठाक–४ डाँडागाउँका २६ वर्षीय मनकुमार लिम्बू र रसुवा जिल्ला सरनथली–३ का १८ वर्षीय विन्दु तामाङलाई प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो । 
 
पक्राउ पर्नेले दिएका बयान अनुसार ०७३ मङ्सिर ७ गते उक्त सुमो रिजर्भ गरी काठमाडौँबाट रसुवा लगेको र मङ्सिर ८ गते रसुवाबाट धादिङ, हेटौँडा हुँदै बर्दीबासको बाटो भएर मङ्सिर ९ गते सिन्धुलीको चैनपुर खाल्टेमा होटल सेन्तेरेङमा खाजा खाई सो स्थानबाट रामेछापको सित्खा बजार हुँदै रामेछापको मझवा– १ निगलपानीमा बिहान ६ बजे सुमो चालक विशाल खड्कालाई तीन राउण्ड गोली प्रहार गरी सुमोको पछाडि सिटमा राखी आगो लगाएर हत्या गरेको खुलेको छ । 
 
हत्यामा संलग्न एक जना हालसम्म पनि फरार रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिए । 
 
पक्राउ परेका तेह्रथुम जिल्ला पौठान–४ डाँडागाउँका मनकुमार लिम्बू भने जनमुक्ति सेनाको अयोग्य लडाकु रहेको बताइएको छ । पक्राउ परेको हत्यारा पैसाको लालचमा फसेको जनाइएको छ । लिम्बूको कोठाबाट नौ वटा सिमकार्ड, चार वटा मोबाइल र नयाँ पाटी खोल्छु भनेर बनाइएका केही पर्चा बरामद गरेको छ । हत्यामा प्रयोग भएको पेस्तोल भने फरार रहेका हत्यारासँग भएको लिम्बूको बयानबाट खुल्न आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ