arrow

निर्वाचनको मिति छिट्टै घोषणा हुन्छ: प्रधानमन्त्री दाहाल

logo
प्रकाशित २०७३ माघ ४ मंगलबार
pm-at-tribhuwaninterintiona.jpeg
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दलको सहमतिमा छिट्टै निर्वाचनको मिति घोषणा गरिने बताएका छन् । संयुक्त अरब इमिरेटस(युएइ)को चार दिने भ्रमणबाट मंगलबार स्वदेश फकिएर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको बताए । 
 
प्रधानमन्त्रीले भने “भ्रमणमा जानु अगाडि पनि मैले निर्वाचन आयोगसँग छलफल गरेको थिए । आयोगका पदाधिकारीले माघको दोस्रो साताभित्र आवश्यक ऐन, नियम कानुन उपलब्ध गराउन आग्रह गरे । सरकार सबै पक्षको सहमति जुटाएर निर्वाचन घोषणा गर्ने तयारीमा जुटेको छ । मुलुकको आवश्यकता र चाहनालाई सम्बोधन गर्दै सरकारले निर्वाचनको मिति तय गर्दछ ।” 
 
प्रधानमन्त्रीले राजनीतिक सहमति पहिलो विषय भएकाले सरकार सोही दिशामा केन्द्रित रहेको स्पष्ट पारे। 
 
युएइको राजधानी अवुधावीमा आयोजना गरिएको विश्व भविश्य ऊर्जा शिखर सम्मेलन, २०१७ मा भाग लिन १० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर प्रधानमन्त्री यही माघ १ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ