arrow

'हेटौडा सडक' विवादले उग्ररुप लियो, एमाले सांसदले रक्तपातको चेतावनी दिए

क्षेत्रीय प्रशासनमा भएको वार्ता विना निष्कर्ष सकियो, आन्दोलन चर्कीने

logo
सुनिल शिवाकोटी,
प्रकाशित २०७३ माघ ४ मंगलबार
hetauda-tanab.jpeg

मकवानपुर । डिभिजन सडक कार्यालय हेटौडाले मंगलबार बिहानै निजी घरमा डोजर हानेपछि उत्पन्न तनाव कम गर्न क्षेत्रीय प्रशासनमा भएको वार्ता विना निष्कर्ष टुंगिएको छ । डिभिजन सडक बाटो चौडा पार्ने काम सुरु गरे सँगै तनाव उत्पन्न भएको हो । निजी सम्पत्तिको मुआब्जा नदिई सडक विभागले सडक विस्तार गर्न लागेको भन्दै व्यवसायीले विरोध र अवरोध गर्दा दिनभर हेटौडा तनावपूर्ण रहयो ।

दिनभर जसो बजार असान्त रहयो । राप्तीपुल परिसर र क्षेत्रीय प्रशासन कार्यालय परिसरमा सुरक्षाकर्मी नैनाथी बाक्लै थियो । आन्दोलनरत पक्षले बल प्रयोग गरेर निजी सम्पत्ति भत्काउन खोजे अनिश्चितकालिन बन्द गर्ने चेतावनी दिएपछि सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय र क्षेत्रीय प्रशासन कार्यालय तथा हेटौडा बसोबास संरक्षण समितिबीच मुआब्जाको विषयमा वार्ता भएको वार्ता निष्कर्षविहिन भएको हो ।

वार्ता विफल भएपछि हेटौडा बसोबास संरक्षण समितिले वुधबारबाट बजार बन्द गरी आन्दोलन चार्काउने निर्णय गरेको छ । घर टहरा भत्काइएको विरोधमा भएको  सभामा क्षेत्र नम्बर ३ का एमाले सासद अनन्त पौडेलले मुआब्जा नदिई व्यक्तिगत संरचना राज्यले भत्काउन लागे हेटौडामा रक्तपात मच्चिने चेतावनी दिए ।

यस्तै, बन्दको अवज्ञा गरेको भन्दै हेटौडा ४ स्कुलरोडमा साँझ आन्दोलनरतपक्षले केही व्यवसायीहरुमाथि हातपात गर्नुको साथै केही पसलमा तोडफोड गरेका छन् । आन्दोलनकारी व्यवसायीको एक समूहले स्कुलरोडमा रहेको स्पेसल पाउ भण्डार, आरपी सप्लायर्स, यू एण्ड आई सु सेन्टर,  गौतम मोवाईल लगायत करिब एक दर्जन पसलमा तोडफोड गर्नुका साथै मोवाईल व्वसायी  विनोद दुलालसहित केही व्यवसायीलाई “बन्दको अवज्ञा किन गरेको ? पसल बन्द गर्नु पर्दैन भन्दै” हातपात  गरेको प्रत्यक्षदर्शी तथा व्यवसायी सरोज अधिकारीले बताए । घटनाबारे आन्दोलनरत पक्ष बसोबास संरक्षण समितिले जानकारी नभएको प्रतिक्रिया दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ