arrow

सरकारले न्यायालयलाई पनि हातमा लिन खोज्यो : ओली

अब फेरि संसदमा झुक्याउनेको पाइन हेरौंला, संशोधन प्रस्ताव पास गर्न घरबाट मान्छे ल्याएर हुँदैन, सांसद नै चाहिने होला

logo
कुुमोद अधिकारी,
प्रकाशित २०७३ माघ ४ मंगलबार
oli-voice-lokman-new.jpeg

विराटनगर । एमाले अध्यक्ष केपी ओलीले न्यायाधीश नियुक्तिमा हस्तक्षेप गरेर सरकारले न्यायालयलाई हातमा लिन खोजेको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा मंगलबार साँझ संचारकर्मीसँग ओलीले सरकारले न्यायालयमाथि नकारात्मक प्रभाव जमाउन खोजेको बताए । ओलीले भने, ‘राजनीतिक हस्तक्षेपकै कारण सम्मानित अदालत राजनीतिक भर्ती केन्द्र भएको छ ।’

यस्तै, अध्यक्ष ओलीले संविधान संशोधन प्रस्ताव मुलुकको हितमा नभएकाले प्रस्ताव कुनै पनि हालतमा परित हुन नदिने बताए । सरकारले झुक्याएर संविधान संशोधन प्रस्ताव संसदमा टेबल गरेकोप्रति संकेत गर्दै ओलीले भने,  ‘सांसदको संख्याले त संशोधन गर्ने मत पुग्दैन, घरबाट मान्छे ल्याएर हुँदैन होला । अब फेरि पनि झुक्याउछौं भनेर नसोचे हुन्छ, कहाँ झुक्किने, कहाँ नझुक्किने त्यो एमालेलाई राम्रोसँग थाहा छ ।’

यस्तै, ओलीले सरकार निर्वाचनप्रति गम्भीर हुनै नसकेको जिकिर गरे । आगामी १० महिना भित्र तिनै तहको निर्वाचन गराई सक्नुपर्ने भएपनि सरकारले त्यसतर्फ ध्यानै नदिएको आरोप लगाए ।  आगामी २०७४ माघ महिना भित्र तीन तहको निर्वाचन नभए मुलुकमा राजनिति सकंट आउने भन्दै ओलीले निर्वाचनको तयारीमा सरकार तत्काल लाग्नु पर्ने बताए । अध्यक्ष ओलीले गाउँपालिका, नगरपालिकाको संख्या तथा सीमाना निर्धारण आयोगले प्रतिवेदन बुझाई सकेकाले अब स्थानीय तहको निर्वाचन हुनुपर्ने पनि बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ