arrow

प्रचण्ड नेतृत्वको सरकारले चुनाव गराउने सम्भावना सकियो, अब देउवा ?

logo
प्रकाशित २०७३ माघ ५ बुधबार
p-dahal.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यकालमा नयाँ संवैधानिक व्यवस्था अनुसार तीनै तहको चुनाव नहुने सम्भावना बढ्दै गएको छ ।
 
प्रमुख सत्ता साझेदार नेपाली कांग्रेससँग भएको ‘भद्र सहमती’ अनुसार दाहालको कार्यकाल वैशाख मध्यसम्म मात्रै छ ।
 
नयाँ संविधानप्रति विमती जनाएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमती जुटाउने नाममा प्रतीक्षा गर्दा दाहालको कार्यकालमा कुनै पनि तहको चुनाव नहुने सम्भावना बढेको हो ।
 
 ‘भद्र सहमती’ पालना भए चुनाव कांग्रेस नेतृत्वको सरकारमा मात्र हुने देखिएको छ ।
 
एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढाल्नुअघि कांग्रेस र माओवादीबीच नौ–नौ महिना सरकारको नेतृत्व गर्ने ‘भद्र सहमति’ भएको थियो । 
 
दाहालले करिब ६ महिना सरकारको नेतृत्व गरिसकेका छन् भने अब तीन महिना अर्थात् वैशाख १९ गतेसम्म म्याद बाँकी छ ।
 
निर्वाचन आयोगले नयाँ संरचनामा चुनावमा जानुपर्ने भएकाले त्यसका लागि कम्तीमा एक सय २० दिनको समय माग गर्दै आएको छ । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ