arrow

जिल्ला भ्रमणमा मन्त्रीको खर्च, कसले कति बुझे ? पूर्ण विवरणसहित

logo
प्रकाशित २०७३ माघ ५ बुधबार
cabinet-prachanda.jpeg
काठमाडौं । नयाँ सरकार गठन भएयताको पाँच महिनामा मन्त्रीहरूले जिल्ला भ्रमणबापत भत्तामा २० लाख ५४ हजार बुझेका छन् । उनीहरूको भ्रमणका लागि हवाई टिकटमा ५१ लाख १६ हजार खर्च भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा प्रधानमन्त्रीसहित मन्त्री, राज्यमन्त्री तथा सहायकमन्त्रीको तलब–भत्ता सुविधा तथा भ्रमण खर्चमा सात करोड ५५ लाख ३९ हजार सकिएको छ ।
 
यी मन्त्रीको जिल्ला भ्रमण खर्च शून्य
परराष्ट्रमन्त्री प्रकाशशरण महतले विदेश भ्रमण गरे पनि जिल्ला भ्रमण नगरेको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । वाणिज्यमन्त्री रोमी गौचन, वन राज्यमन्त्री दीर्घराज भाट, स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ, सिँचाइ राज्यमन्त्री सुरेन्द्रराज अचार्य, वाणिज्य राज्यमन्त्री सुवर्ण ज्वारचन, श्रम तथा रोजगार राज्यमन्त्री दिलीप खवास, उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादे, सहरी विकास राज्यमन्त्री मिठु मल्लले जिल्ला भ्रमणमा हालसम्म कुनै रकम बुझेका छैनन् ।
 
बढी खर्च गर्ने मन्त्रीहरुः
संघीय मामिला राज्यमन्त्री श्रीप्रसाद जबेगूः ७,२७,९६०
कृषि विकास मन्त्री गौरीशंकर चौधरीः ६,०५,४५१
शान्तिमन्त्री सीतादेवी यादवः ४,२०,३६५
स्वास्थ्यमन्त्री गगन थापाः ३,६५,०८० 
आपूर्तिमन्त्री दीपक बोहराः ३,२८,७९०
सहरी विकासमन्त्री अर्जुन नरसिंह केसीः ३,०६,५७०
युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीः २,९२,७४०
संचारमन्त्री  सुरेन्द्र कार्कीः २,८५,२५०
स्थानीय विकासमन्त्री हितराज पाण्डेः २,८१,४७०
जनसंख्यामन्त्री जयदेव जोशीः २,७७,८१०
उर्जामन्त्री जनार्दन शर्माः २,४८,३५०
रक्षामन्त्री बालकृष्ण खाँडः २,४०,७६५
वन तथा भूसंरक्षण मन्त्री शंकर भण्डारीः २,४६,५२०
कानुनमन्त्री अजयशंकर नायकः २,२४,१७०
 
कम खर्च गर्ने मन्त्री
सहकारीमन्त्री हृदयराम थानीः २,१९,०००
पर्यटनमन्त्री जीवनबहादुर शाहीः २,१६,६६०
भूमिसुधारमन्त्री विक्रम पाण्डेः २,१६,०५५
ऊर्जा राज्यमन्त्री सत्यनारायण भगतः २,१५,०५०
शिक्षा राज्यमन्त्री धनमाया विकः १,७५,१५०
श्रममन्त्री सूर्यमान गुरुङः १,७०,९१५
कृषि राज्यमन्त्री राधिका तामाङः १,६५,२०५
गृहमन्त्री विमलेन्द्र निधिः १,५६,९६०
भौतिकमन्त्री रमेश लेखकः १,५२,८४५
शिक्षामन्त्री धनीराम पौडेलः १,४६,०४०
अर्थमन्त्री कृष्ण महराः १,३०,९१५
उद्योगमन्त्री नवीन्द्रराज जोशीः १,२६,५३०
सिँचाइमन्त्री दीपक गिरीः ६८,७७०
सरसफाइ राज्यमन्त्री दीपक खड्काः ४४,१४०
पर्यटन राज्यमन्त्री इन्द्र बानियाँः १८,००० (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ