arrow

यमबुद्धले आत्महत्या नै गरेको पुष्टि, पासपोर्ट टुक्राटुक्रा

logo
प्रकाशित २०७३ माघ ५ बुधबार
Yama_Buddha.jpeg
लण्डन । बेलायतको लन्डनस्थित आफ्नै निवासमा झुन्डिएका भेटिएका चर्चित र्‍यापर अनिल अधिकारी ‘यमबुद्ध’ले आत्महत्या नै गरेको पुष्टि भएको छ । मंगलबार आएको पोष्टमार्टम रिपोर्ट अनुसार चिकित्सकले आत्महत्या भएको पाइएको जानकारी परिवारलाई दिएका हुन् ।
 
रिपोर्टका अनुसार यमबुद्धले मदिरा पिएको देखिए पनि लागू औषध भने सेवन नगरेको देखाएको उनी निकट एक पारिवारिक सदस्यले जानकारी दिए ।
 
आत्महत्या गर्ने बेलुकी उनले श्रीमतीसँग बसेर वाइन पिएका थिए । 
 
शनिबार बिहान लन्डनस्थित रइसलिपमा उनी बाथरुममा झुण्डिएको अवस्थामा भेटिएका थिए ।
 
यसैबीच, यमले आफ्नो पासपोर्ट टुक्रा टुक्रा पारेर च्यातेको पाइएको तथ्य पनि खुलेको छ । 
 
केही वर्ष यता श्रीमतीसंगै रहेका यमबुद्ध लन्डनमा भ्यालेन्टाइन कार्यक्रम गर्ने तयारीमा थिए ।
 
उनको नयां एल्बम ‘खतरा’ छिट्टै बजारमा आउंदै थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ