arrow

बर्नले र क्रिष्टल प्यालेस एफए कप फुटबलको चौथो चरणमा, लिंकनले राख्यो कीर्तिमान

logo
प्रकाशित २०७३ माघ ५ बुधबार
lincoln.jpeg
लण्डन । इङलिश प्रिमियर क्लवहरु बर्नले र क्रिष्टल प्यालेस एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । तेस्रो चरणको खेलमा अर्को प्रिमियर क्लव सन्डरल्याण्डमाथि २–० को जित निकाल्दै बर्नले चौथो चरणमा पुगेको हो । घरेलु मैदानमा भएको खेलमा बर्नलीलाई जिताउन साम भोक्स र एन्द्रे ग्रेले एक एक गोल गरे । दुई टोलीबीचको यसअघिको खेल बराबरीमा सकिएपछि  भएको रि प्ले म्याचमा बर्नलेले बाजी मारेको हो ।
 
यस्तै बोल्टन वान्डरर्सलाई २–१ ले हराउँदै क्रिष्टल प्यालेस पनि चौथो चरणमा पुगेको हो । त्यस्तै बार्नस्लीलाई २–१ ले हराउँदै ब्ल्याकपुल, फिटउडलाई हराउँदै ब्रिष्टल, विम्ब्लेडनलाई हराउँदै सुटोन र इप्सविचलाई १–० ले हराउँदै लिंकन पनि चौथो चरणमा पुगेको छ । 
 
लिंकनले भने कीर्तिमान रचेको छ । सन् १९७६ पछि प्रिमियर लिगविहीन लिंकन पहिलो पटक एफए कपको चौथो चरणमा पुगेको हो । 
 
एफए कपमा बुधबार राति तीन खेल हुँदैछन् । राति १ः३० बजे न्यूकासल युनाइटेडले बर्मिङघमसंग, लिभरपुलले प्लाइमाउथसंग र साउथह्याम्पटनले नर्विच सिटीसंग खेल्दैछ । 
 
The Lincoln faithful pay tribute to their late former Graham Taylor after he passed away last week
Lincoln players dance in celebration of their progression to the fourth round of the FA Cup following their upset
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ