arrow

त्रिशूलीमा ट्याङ्कर खस्यो, चालक बेपत्ता, सहचालक घाइते

logo
प्रकाशित २०७३ माघ ५ बुधबार
accident-final.jpeg
चितवन । काठमाडाँैबाट बारातर्फ जान आउँदै गरेको खाली पेट्रोल ट्याङ्कर चञ्डिभञ्ज्याङ–५ कालीखोलाबाट त्रिशूली नदीमा मंगलबार राति खस्दा चालक र ट्याङ्कर बेपत्ता भएका छन् भने सहचालक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार ना ४ ख ४१४३ नम्बरको ट्याङ्कर राति ११ः४० बजे त्रिशूलीमा खस्दा बारा जिल्ला अमलेखगन्जका चालक २५ वर्षीय उमेश तामाङ बेपत्ता भएका छन् भने ट्याङ्कर पनि बेपत्ता छ । 
 
रातिदेखि नै खोजी कार्य जारी रहेको थापाले बताए । ट्याङ्करमा रहेका सहचालक बारा अमलेखगन्जकै २५ वर्षीय प्रदीप लामा भने घाइते भएका छन् । 
 
उनको कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ र अवस्था खतरामुक्त रहेको प्रहरी उपरीक्षक थापाले बताए । 
 
ट्याङ्कर पानीमा पुगेपछि नदीमा झरेका सहचालक पौडेर बाहिर निस्किएको प्रहरीले जनाएको छ । अर्को गाडीलाई उछिन्ने क्रममा सो ट्याङ्कर खसेको सहचालकले बताएका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ