arrow

नाइजेरियामा सेनाको गलत हवाइ आक्रमणमा ५२ निर्दोष मारिए, २०० भन्दा बढी घाइते

logo
प्रकाशित २०७३ माघ ५ बुधबार
nigeria.jpeg
रान । नाइजेरियाको उत्तर पूर्वी रान क्षेत्रमा विस्थापितहरु बसेको शरणार्थीहरु बसेको शिविरमा सेनाले हवाई आक्रमण गरेको छ । अक्षम्य गल्ती गरेको सेनाको जेट बम आक्रमणमा कम्तिमा ५२ जना मारिएका छन् ।
 
गलत सूचनाका आधारमा आक्रमण भूलवश हुन गएको भन्दै सेनाले माफी मागेको छ । मारिनेमा छ रेडक्रसकर्मीसमेत परेका छन् ।
 
बम आक्रमणमा परी दुई सयभन्दा बढी घाइते भएका छन् । घाइते हुनेमा सरकार र इस्लामिक लडाकु समूह बोको हरामबीचको संघर्षबाट विस्थापित भएकालाई सघाउन पुगेका स्वयंसेवक पनि परेका छन् ।
 
राष्ट्रपति मोहम्मद बुहारीले घटनाप्रति दुःख व्यक्त गर्दै शान्त रहन अपील गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ