arrow

मोबाइलको महत्वपूर्ण फोटो डिलिट भयो ?

logo
प्रकाशित २०७३ माघ ५ बुधबार
smartphone-623722_960_720-250x250.jpeg
काठमाडौं। अन्जानबस कुनै फोटो डिलेट भएर तपाई चिन्तित हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईले अब धेरै टाउको दुखाउनुपर्ने आवश्यकता छैन। तल उल्लेखित एप डाउनलोड गरेर तपाईले दुई मिनेटमा नै आफ्नो डिलिट भएको फोटो भेट्टाउन सक्नुहुनेछ। 
 
यसको लागि तपाईले गुगल प्लेस्टोरमा गएर रिस्टोर इमेज नामक एप डाउनलोड गर्नुहोस्। यसरी डाउनलोड गरिसकिएको इमेजलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा तल पाँच बुँदामा उल्लेख गरिएको छ। 
 
१. यो एप डाउनलोड र इन्सटल गरिसकेपछि तपाईले यसलाई ओपन गर्नुहोस्। 
२. ओपन गर्ने वित्तिकै केही अन्य सवालजवाफ गर्ने बक्स खुल्छ। त्यस्तो बक्सको क्लोज गरिदिनुहोस्।
३. यहाँ तपाईलाई ३ वटा अप्सन आउनेछ पहिलो रिकभर गर्ने फोटो खोज्ने। दोस्रो रिकभर भएको फोटो मोबाईलमा राख्ने तथा तेस्रो एपको डेभलप गर्ने गरी तीन अप्सन आउनेछ। 
४. तपाईले फोटो रिकभर अप्सनमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईँले एक वर्षमा जति फोटाहरु डिलेट भएका थिए ती सबै फोटाहरु भेट्नुहुनेछ। 
५ . त्यसपछि तपाईले जुन फोटो चाहानु हुन्छ त्यहि फोटो रिकभर गर्न सक्नुहुन्छ । तपाईँले चाहानुहुन्छ भने यसलाई एकैपटक सबै फोटो रिकभर गर्न पनि सक्नुहुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ