arrow

अष्ट्रेलियन ओपन टेनिसः सबैभन्दा बुढी भेनस विलियम्स तेस्रो चरणमा

logo
प्रकाशित २०७३ माघ ५ बुधबार
venus-williams.jpeg
मेलबर्न । पूर्व विश्व नम्बर एक अमेरिकी टेनिस खेलाडी भेनस विलियम्स अष्ट्रेलियामा जारी अष्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा पुगेकी छिन् । 
 
महिला एकलकी सबैभन्दा पाकी उमेरकी ३६ वर्षीया भेनसले स्वीटजरल्याण्डकी खेलाडी स्टेफानी भोगेलेलाई पराजित गर्दै तेस्रो चरणमा पुगेकी हुन् । १९ वर्षदेखि अष्ट्रेलियन ओपनमा सामेल भइरहेकी भेनसले कोर्टमा ८३ मिनेटमात्र खर्च गरेर खेल ६–३ र ६–२ को सोझो सेटमा जितिन् । 
 
अब भेनसको भिडन्त चिनियाँ खेलाडी डुवाँ यिङयिङसंग हुनेछ । भेनसले जितपछि यो एउटा लडाइँ नै थियो भनेकी छिन् । 
 
भेनसले १७ औं ग्राण्डस्लाममा भिडिरहे पनि अहिलेसम्म उपाधि भने जित्न सकेकी छैनिन् । उनी सन् २००३ मा फाइनलमा पुगे पनि आफ्नै बहिनी सेरेनासंग पराजित भएकी थिइन् । 
 
सेरेना भने २३ औं ग्राण्डस्लामको कीर्तिमान नजिक छिन् । उनी पनि दोस्रो चरणमा पुगेकी छिन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ