arrow

ढल प्रशोधन प्रणालीका लागि रकम माग

logo
प्रकाशित २०७३ माघ ५ बुधबार
bagmati-1(1).jpeg
काठमाडौँ । खानेपानी तथा ढल निकास विभागले देशका विभिन्न सहरको ढल प्रशोधन व्यवस्थापनका लागि मन्त्रालयसँग थप रु ३२ करोड माग गरेको छ । विभागले कैलाली, कञ्चनपुर, ललितपुर, काठमाडौँलगायतका स्थानमा तोकेको बजेटले नपुग्ने भएपछि थप बजेट माग गरेको हो । 
 
विभागका सूचना अधिकारी अरुणकुमार सिम्खडाले थप २२ आयोजनाका लागि बजेट माग गरिएको जानकारी दिए । यो आर्थिक वर्षमा विभागले तेह्रथुम, भोजपुर, मोरङ, रामेछाप, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, रौतहट, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, कास्की र बागलुङ गरी १६ जिल्लाका २१ आयोजना सञ्चालनका लागि रु २० करोड २१ लाख विनियोजन गरेको थियो । 
 
सिम्खडाले मानिसको प्रमुख आधारभूत आवश्यकता खानेपानी भएकाले ढल निकासको क्षेत्रमा त्यति धेरै चासो नपुगेको उल्लेख गरे । 
 
खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले ढल निकासको लागि स्पष्ट नीति नहुँदा समस्या परेको बताए । उनले भने, “पहिला खानेपानी र सहरी विकास मन्त्रालय एकैठाँउमा थियो दुई वर्ष पहिलेमात्र छुटिृएको हो ढल निकास अहिले सहरी विकास मन्त्रालयले नै हेर्दै आएको छ केही मात्रामा मात्रै हामीले गरेका छौँ ।” 
 
उनले ढल निकासको सम्पूर्ण व्यवस्था खानेपानी तथा सरसफाइ मन्त्रालयले गर्ने गरी सम्बन्धित पक्षसँग छलफल गरिरहेको स्पष्ट पारे । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ