arrow

निर्वाचन गर्नका लागि दलहरु तयारः सरकारका प्रवक्ता कार्की

logo
प्रकाशित २०७३ माघ ५ बुधबार
surendra-karki-ram-karki.jpeg
दाङ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले निर्वाचन गर्नका लागि दलहरु तयार रहेको बताएका छन् । रिपोर्टर्स क्लब, दाङ शाखाले बुधबार आयोजना गरेको साक्षात्कारमा उनले निर्वाचनका लागि प्रमुख प्रतिपक्ष दल आतुर रहेको र अन्य दल पनि निर्वाचनमा जान तयार रहेको बताए । 
 
मन्त्री कार्कीले निर्वाचन गर्नका लागि निर्वाचनसम्बन्धी ऐनहरु निर्माण प्रक्रियामा रहेका र निर्वाचन आयोगले समेत तयारी गरिरहेको बताए । 
 
उनले वर्तमान राजनीतिक अवस्था सहमति र सहकार्यबाट अगाडि बढेको उल्लेख गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र मधेसी दल पनि सहमतिकै अवस्थामा रहेको उल्लेख गरे । 
 
मन्त्री कार्कीले सञ्चारमाध्यमले ठूल्ठूला भाषणलाई मात्र ध्यान नदिई किनारामा पारिएका लोपोन्मुख जातिहरुको विभिन्न विषयवस्तुको उठान गर्नुपर्नेमा जोड दिए । 
 
सूचना तथा सञ्चारमन्त्री मङ्गलबारै दाङ आएका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ