arrow

घर भत्काउन खाेज्दा हेटौंडा विहानैदेखि तनावग्रस्त, उच्च संख्यामा प्रहरी परिचालन

राजनीतिक दलका नेताहरुको संलग्नता, खुलेर विरोध गर्न कसैले पनि सकेनन्

logo
सुनिल शिवाकाेटी,
प्रकाशित २०७३ माघ ५ बुधबार
Hetauda_Tanab.jpeg
हेटाै‌डा । सडक विस्तारको क्रममा सडकाको २५ मिटर आसपासका घरहरु भत्काउने क्रममा हेटौंडाको स्थिती तनावग्रस्त बन्न पुगेको छ । स्थानीय र प्रशासनबीच मुआब्जाको विषयमा कुरा नमिल्दा बुधबार विहानैदेखि हेटौंडा बजार तनावग्रस्त बनेको हो । हेटौंडा बजारको २५ मिटर आसमासका घरधनीहरुलाई मुआब्जा दिएर मात्रै घर भत्काउन माग गर्दै स्थानीय आन्दोलित भएपनि प्रशासनले गैरकानूनी रुपमा बनेका घरहरुलाई मुआब्जा दिन नसकिने बताएपछि उद्योग वाणिज्य संघ मकवानपुरको अघुवाईमा हेटौंडामा विगत एक सातादेखि स्थानीयहरु आन्दोलनमा उत्रिएका छन् । तर सरकाले आन्दोलनका बाबजूतपनि मंगलबारदेखि सो क्षेत्रका घरहरु भत्काउन थालेको छ । 
 
यही क्रममा बुधबार आन्दोलनकारीले प्रहरीको सुरक्षा घेरा तोड्ने प्रयास गरेपछि विहानभर हेटौंडाको जनजीवन प्रभावित बन्न पुगेको छ । आन्दोलनकारीले हातमा राष्ट्रिय झण्डा लिएर प्रहरीको निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि उनीहरुमाथि प्रहरीले बल प्रयोग गरेको थियो । 
 
बुधबार विहान ८ बजेदेखि हेटौंडाको जिल्ला प्रहरी कार्यालयदेखि राप्ती पुलसम्मको सडक आसपासका क्षेत्रमा रहेका घरहरु भत्काउने तयारी सडक डिभिजन कार्यालयले गरेको थियो । निर्धारित समय भन्दा १ घण्टा ढिला गरी त्यहाँ डोजर पुर्याउँदा आन्दोलनकारी पनि नाराबाजी गर्दै त्यसै तर्फ अघि बढीरहेको थिए । प्रहरीले सो तर्फ निषेधित क्षेत्र तोकेर आन्दोलनकारीलाई प्रवेश गर्न नदिएपछि आन्दोलनकारीले बुद्ध चोक र त्यसको १०० मिटर पर रहेको प्रहरीको सुरक्षा घेरा तोड्ने प्रयास गरेका थिए । यही क्रममा आन्दोलनकारीले प्रहरीमाथि ढुङगा प्रहार गरेको प्रहरीको आरोप छ भने आन्दोलनकारीहरुले आफुहरुमाथि प्रहरीले ज्यादती गरेको आरोप लगाएका छन् । 
 
अहिले भने त्यहाँको स्थिती सामान्य रहेको छ । उद्योग वाणिज्य संघको तर्फबाट पाँचजनाको टोली वार्ताको लागि डिभिजन सडक कार्यालयमा पुगेका छन् । त्यहाँ जिल्ला प्रहरी कार्यालयका डिएसपी बामदेव गौतम पनि पुगेका छन् । तर, सडक विस्तार गरिने भनिएको ठाउँमा आन्दोलनकारीहरुले भने नाराबाजी गरिरहेका छन् । जसका कारण पूर्वपश्चिचम राजमार्गको उक्त क्षेत्रमा सवारी आवागमन प्रवावित भएको छ भने त्यो बाटो भएर जाने सावारीलाई अन्यत्रैबाट डाईभर्सन गरिएको प्रहरीले जनाएको छ । 
 
हेटौंडा बजारमा अहिले उच्च मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने जिल्लाका उद्योग कलकारखाना केही पनि बन्द भएका छैनन् भने त्यही सडक आसपासका बजार भने बन्द रहेको छ । यस आन्दोलनमा नेपाली काँग्रेस नेकपा एमाले लगायतका राजनीतिक दलका नेताहरु पनि संलग्न रहेका छन् । तर, औपचारिक रुपमा भने कुनैपनि पार्टीले उक्त आन्दोलनलाई समर्थन गर्न सकेको छैन । 
 
यद्यपि नेकपा एमालेका सांसद्हरुले मंगलबार भने जवर्जस्ती गरिए रगतको खोलो बगाउने चेतावनी दिएका थिए । नेकपा मालेले भने सडक विस्तारको कामलाई स्वागत गरिसकेको छ । 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ