arrow

७ वर्षपछि फरार चरेस कारोबारी तामाङ सिआइबीको फन्दामा

logo
प्रकाशित २०७३ माघ ५ बुधबार
Krishna_Tamang.jpeg

काठमाडौ । केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले बुधबार ७ वर्ष अघि काठमाडौं अदालतले लागुऔषध कारोबारी भनेर फैसला गरेका आरोपीलार्इ पक्राउ गरेको छ । सिआइबीले काठमाडौं अदालतको मिति २०६६भदौ १ गतेको फैसलाबाट दोषी ठहर भएका नुवाकोट बुङ्ताङ् गा.बि.स. वडा नं. ९ बस्ने कृष्ण बहादुर तामाङ्गलाई पक्राउ गरेको हो ।

अदालतले तामाङलार्इ २ बर्ष कैद र १० हजार रुपैया जरीवानाको सजाय हुने ठहर गरेको थियो । तामाङको उक्त सजाय वेरुजु रही हालसम्म फरार रहेका निजलाई ब्यूरोको टोलीले मगलबार का.म.न.पा. १६ बसन्तनगर बालजुबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियाे । अहिले अदालतको आदेशले कैद भुक्तानको लागि अहिले केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाईएको छ ।

तामाङ २०५७ भदौ ३ गते टि.जि. ३२० को उडानबाट त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट वैंकक जाने क्रममा विमानस्थलमा पक्राउ परेका ब्यक्तिहरु मध्ये वीर बहादुर तामाङ्गले जुत्तामा लुकाई राखेको अबस्थामा १ के.जि. २०५ ग्राम निजको जुत्ताबाट साथै नीर बहादुर तामाङ्ग र धन बहादुर तामाङ्गले  क्याप्सुल बनाई निलेर पेटमा लुकाई राखेकोमा निजहरुलाई दिशा गराई संकलन गरीएको जम्मा २ के.जि. ३० ग्राम गरी जम्मा  ३ के.जि.  २३५ ग्राम लागु औषध चरेश बरामद हुन आएकोमा तीनै जनालाई भरिया बनाई कारोबार गर्ने प्रतिबादी कृष्ण बहादुर तामाङ्को संलग्नता अनुसन्धानबाट खुल्न आएपछि फरार रहेका निजलाई  अदालतले उल्लेखित सजाय गरेको सिआइबीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ