arrow

सडकमा नाकाबन्दी गरेर बहादुरी नदेखाउन चीनको भारतलाई चेतावनी

logo
प्रकाशित २०७३ माघ ५ बुधबार
china-india-flag_war.jpeg
काठमाडौं । चीनले भारतलाई सडकमा नाकाबन्दी गरेर बहादुरी नदेखाउन चेतावनी दिएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाईम्समा एक लेख मार्फत् भारतलाई आफ्नो स्वार्थमा मात्रै नलाग्न पनि चीनले सुझाव दिएको हो । उक्त अनलाईनमा बुधबार प्रकाशित एक आलेखमा अर्थशास्त्री तथा चिनियाँ लेखक सन सेन्छियाले भारतले आफ्नो व्यक्तिगत स्वार्थ पूरा हुने गरी गर्नेगरेको सडकको नाकाबन्दीलाई उसले रोक्नु आवश्यक रहेको बताएकी छिन् । 
 
उक्त आलेखमा भारतको व्यवहार क्षेत्रीय व्यापार सम्झौता अन्तर्गत् गरिएको आर्थिक विकासका लागि क्षेत्रीय सहकार्य(आरसिईपी)को सिद्धान्त विपरित रहेको भन्दै आलोचना गरिएको हो । उनले खुल्ला बजार नीति भारतीय अर्थतन्त्र विस्तारको लागि पनि महत्वपूर्ण रहेको भन्दै भारतले खुल्लाबजार नीति विरुद्ध काम गरेको खण्डमा त्यो भारतको लागि समेत महंगो पर्ने चेतावनी पनि दिईन् । 
 
‘अहिले एशिया प्रसान्तका मुलुकहरु नमिल्ने हो भने आरसिईपीको सिद्धान्त र एशिया प्रशान्तका मुलुकहरुको आर्थिक विकास पनि सम्भव हुँदैन । भारत एउटा यस्तो मुलुक हो जसले खुल्ला बजार अर्थतन्त्रलाई स्वीकार गर्न सकेकै छैन । यसैले गर्दा आरसिइपीको परिणाम पनि नराम्रो देखिने सुझाव सिएनबिसीको प्रतिवेदनले औल्याएको छ’ आलेखमा उल्लेख गरिएको छ । 
 
 आरसिईपीमा अहिले चीन भारत, जापान कोरीया अष्ट्रेलिया लगायतका मुलुकहरु सदस्य रहेका छन् । यदी आपसी समझदारीमा यसलाई कार्यान्वयनमा लैजाने हो भने यसले विश्वभरको कूल जीडीपीको ४० प्रतिशतको हिस्सा ओगट्ने बताईएको छ । यसले विशेषगरी बस्तु, सेवा तथा लगानीका क्षेत्रहरुमा हात हाल्ने लक्ष्य लिएको छ । 
 
आलेखमा आरसिईपीको उन्नतीले भारतको स्थायी विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउने भएपनि भारतले चीन लगायतका अन्य मुलुकहरुले आफूले भन्दा बढी विकास गर्छन् भन्ने डरले पनि आफ्नो मुलुकबाट सामान आयात तथा निकासीमा बढी भन्दा बढी महसुल लगाउने गरेको आरोप लगाईएको छ ।
 
विकासको मामलामा भारत नीच सोचाईको रहको भन्दै उसको यही सोचाईका कारण अन्तराष्ट्रिय मुद्रा कोषको तथ्याङ्कमा भारतको बृद्धिदर घट्दै भएको र अब केही समयमा विश्व बैंकले सार्वजनिक गर्ने प्रतिवेदनमा पनि उसको स्थान झनै खस्कने चेतावनी दिईएको छ । अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीको आर्थिक विकासको सोचले सीमित समयको लागि आर्थिक विकास भएको देखिएपनि भारतका लागि यो पछि महंगो सावित हुने बताईएको छ । 
regional comprehensive economic partnership (rcep)को लागि तस्बिर परिणाम



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ