arrow

राप्रपाको महाधिवेशनमा भित्ते लेखन प्रतिबन्ध, सामाजिक सञ्जालाबाट प्रचार

logo
प्रकाशित २०७३ माघ ५ बुधबार
RPP-parfi.jpeg

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न महाधिवेशनको प्रचारप्रसार गर्ने क्रममा काठमाडौँ उपत्यकामा भित्तेलेखन नगर्ने भएको छ । काठमाडौँ उपत्यकाको सौन्दर्यतालाई कायम राख्न भित्तेलेखन नगरी त्यसको विकल्पमा होडिङ्ग बोर्ड, फेलेक्स्, पर्चा पम्पलेटको प्रयोग गर्ने भएको छ । 

पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले महाधिवेशनको प्रचारका लागि काठमाडौँ उपत्यकाका मुख्य सहरी क्षेत्र तथा व्यापारिक केन्द्रमा साङ्गीतिक कार्यक्रम गरिने जानकारी दिए । उनका अनुसार विभिन्न पार्टीको महाधिवेशनका लागि विगतमा गरिएका भित्तेलखनले सहरको सौन्दर्यतामा हस आएको महसुस गरी पार्टीले त्यस्ता गतिविधि नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । 
 
पार्टीभित्रबाट कसैले त्यसलाई अवज्ञा गरेमा सम्बन्धितलाई दण्ड तथा सजायसमेत गरिनेछ । पार्टीले आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म काठमाडौँमा गर्न लागेको महाधिवेशनका विभिन्न गतिविधिकाबारेमा यथार्थ र आवश्यक सूचना सार्वजनिक गर्ने जनाएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा महाधिवेशनको प्रचार गर्न यसपटक सामाजिक सञ्जाललाई व्यवस्थितरुपले अधिकतम् उपयोग गरिने जनाएको छ । 
 
विभिन्न पार्टीको महाधिवेशन तथा राष्ट्रिय चुनावमा विभिन्न दलले सार्वजनिकस्थल तथा सडकका भित्तामा जथाभावी भित्तेलेखन गर्ने गरेको भए पनि त्यसलाई समयमा नमेटाउँदा काठमाडौँ केन्द्रित राजनीतिक गतिविधिले सहर फोहर देखिने भएकोले यस्तो गरिएको राप्रपाले जनाएको छ । 
 
सोही महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि छनोट गर्ने क्रममा यही माघ ७ देखि १५ गतेसम्म वडा, गाउँ र नगरको अधिवेशन गर्न लागिएको छ । यही २१ गते देशका २४० निर्वाचन क्षेत्रमा एकैदिन अधिवेशन गराइने प्रवक्ता श्रेष्ठले बताए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ